×
Lagani
Lagani Shiksha gif
बागमती प्रदेशका सभामुखले दिए राजिनामा



ृहेटौंडा, १ असोज । रापप्रावाट प्रतिनिधित्व गर्ने बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएका छन् 

 

Lagani Shiksha gif
sharehubapk बागमती प्रदेशका सभामुखले दिए राजिनामा

 

आज उपसभामुख अप्सरा चापागाईँलाई सम्बोधन गर्दै पाठकले राजिनामा गरेका हुन्। उनले जेएनजी आन्दोलन चर्किदै जाँदा गत २४ भदौंमा राजिनामा दिने जनाएका थिए। 

 

‘गत भाद्र २३ गते जेन जी को भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनको क्रममा अस्वाभाविक बल प्रयोगबाट राष्ट्रवादी नेपालीहरूले अनाहकमा सहादत प्राप्त गरे पछि म अत्यन्त भावविव्हल भएँ । राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहनु सर्वथा अनुचित हुन्छ भन्ने अन्तर आत्ममा लाग्यो र भाद्र २४ गते नै सामाजिक सञ्जालबाट राजीनामा गर्ने घोषणा गरेँ । तर प्राविधिक कारणले कानुनी प्रकृया पुरा गर्न अनुकूल भएन । आज नेपालको संविधान र प्रदेश सभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदवाट राजीनामा गरेको छु’, पाठकले राजीनामा पत्रमा लेखेका छन् ।

प्रदेश प्रमुख, मुख्यमन्त्री र बागमती प्रदेशसभा सचिवालयमा पत्रको बोधार्थ दिइएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस