×
Lagani
Lagani Shiksha gif
निजामति सेवा दिवसको अवसरमा उर्जा मन्त्रालयमा बृक्षारोपण



काठमाडौं, २० भदौ । निजामति सेवा दिवस–२०८२ को अवसरमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा वृक्षारोपण तथा सरसफाई गरिएको छ । 

मन्त्रालयले आज विहान आयोजना गरेको कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले वृक्षारोपण गरेर कार्यक्रमको शुभारम्भ गरेेका हुन् ।

Lagani Shiksha gif
sharehubapk निजामति सेवा दिवसको अवसरमा उर्जा मन्त्रालयमा बृक्षारोपण

निजामति सेवा दिवसको पूर्वसन्ध्यामा आज आयोजित उक्त कार्यक्रममा उर्जामन्त्री खड्काले सुशासन कायम गरी छिटो छरितो रुपमा आम नागरिकलाई सेवा प्रदान गर्न कर्मचारीहरु लाग्नुपर्ने बताए । उनले कर्मचारीले आफ्नो हक अधिकारको संरक्षण गर्दैगर्दा दायित्वलाई नविर्सन समेत आग्रह गरे । 

उर्जामन्त्री खड्काले उर्जा मन्त्रालयले विगतका वर्षदेखि नै डेंगु नियन्त्रण र सरसफाई अभियानलाई सञ्चालन गर्दै आएको बताए । रोग लाग्नुभन्दा रोग लाग्न नदिनु प्रमुख उपाय भएकाले यस्ता सचेतना कार्यक्रमले रोग नियन्त्रणमा सहयोग पुग्ने उनको भनाई थियो ।

 

उनले उर्जा मन्त्रालय र यसअन्तर्गतका सबै निकायमा सरसफाई अभियानलाई निरन्तरता दिनसमेत कर्मचारीलाई निर्देशन दिए ।

 

जलस्रोत तथा सिंचाई सचिव सरीता दवाडीले निजामती सेवा दिवसलाई यस वर्षदेखि फरक ढंगले मनाउने निर्णयअनुसार सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले मन्त्रालयले गत वर्षदेखि नै हरेक हप्ताको शुक्रबार सरसफाई कार्यक्रम गर्दै आएको बताए।

उक्त कार्यक्रममा मन्त्री खड्का, सचिव दवाडीसँगै, जल तथा उर्जा आयोगका सचिवालयका सचिव दिनानाथ मिश्र, मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले समेत वृक्षारोपण गरेका थिए । 

यसैगरी, आजैदेखि सिंहदरबाभित्र काठमाडौँ महानगरपालिकाको स्वास्थ्य सेवा विभागको टोलीले समेत डेँगु नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको छ ।

 

उक्त टोलीले सिंहदरबाभित्र पानी जम्ने सम्भावित क्षेत्रमा खोज तथा लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस