SIGS3 9.45 0.09 NLIC 814 -13.4 SAHAS 505 28 HRL 861 -4 MDB 630 -3.8 PRVU 248 -10 ADBL 367 -11.1 GLH 244 -2 SHLB 1886.9 1.9 NIFRA 280 -5 MKHC 339 -1 CMF2 9.21 -0.1 EDBL 645 -1.9 GCIL 498 -5.8 NABBC 631 -12 SIFC 628 10 ULBSL 3199 37 CIT 2195 0 TSHL 909 -11 USHL 783.2 -13.7 NICSF 9.5 0.25 UAIL 639 -1 SMB 1809 4 SBL 345 -8.1 SEF 9.51 -0.24 MBL 255 -4 EBLD86 1040 -2 SCB 691.1 3.6 SWMF 812 -13 SGHC 393.6 0.1 JBLB 1534 -3 HLI 472 -4 UHEWA 476 -11 PSF 9.51 -0.09 AKJCL 209 -3 RLFL 625 6.9 HHL 439 -3.2 SRBLD83 1065 -10 SHINE 473 -1.8 LLBS 1050 5
×
यस्तो रहेको छ आजको विदेशी मुद्रको विनिमयदर, अमेरिकी डलर संगै युरोको भाउ घट्यो



काठमाडौ, चैत्र १२ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको भाउ ५४ पैसाले घटेको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३६ रूपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ३२ पैसा कायम गरिएको छ । यसअघि सोमबार यसको खरिददर १३७ रूपैयाँ २६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ८६ पैसा थियो ।  

आज यूरोपियन युरो एकको खरिदमूल्य १४८ रूपैयाँ २८ पैसा र बिक्रीमूल्य १४८ रूपैयाँ ९३ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा युरोभाउ १७ पैसाले घटेको छ । सोमबार यसको खरिदमूल्य १४८ रूपैयाँ ४५ पैसा र बिक्रीमूल्य १४९ रूपैयाँ १० पैसामा कारोबार भएको थियो ।   

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७७ रूपैयाँ १६ पैसा र बिक्रीदर १७७ रूपैयाँ ९४ कायम गरिएको छ । 

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ११ पैसा र बिक्रीदर ८६ रूपैयाँ ४९ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९५ रूपैयाँ ४९ पैसा र बिक्रीमा ९५ रूपैयाँ ९१ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ १३ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ १७ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ८५ पैसा तथा बिक्री दर १८ रूपैयाँ ९३ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ २३ पैसा तथा बिक्री दर ९ रुपैयाँ ३६ पैसा कायम गरेको जनाइएको छ । 

यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ५१ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ६७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४५ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार ३० रूपैयाँ ८३ पैसा र बिक्रीदर ३० रूपैयाँ ९७ पैसा कायम गरेको छ । 

साथै, कुवेती दिनार एकको खरिददर ४४३ रूपैयाँ ५५ पैसा र बिक्रीदर ४४५ रूपैयाँ ५० पैसा र बहराइन दिनार एकको खरिददर ३६२ रूपैयाँ १२ पैसा र बिक्रीदर ३६४ रूपैयाँ २८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
1000


0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस