PBD88 1102.1 2.1 BHPL 655.1 -12.7 RHGCL 388 0 CITY 805 -17 SAMAJ 3321.1 1.1 SFMF 10.2 -0.2 RADHI 397.9 7.9 MSHL 938 3 DLBS 1374 30 CHCL 568.9 -8.1 CIT 2195 0 DDBL 916.2 3.1 NICGF 10.56 -0.28 MKCL 1497 -26 CKHL 632 -8 USHL 783.2 -13.7 MLBS 1532.3 -86.7 STC 5908 9 IHL 499 -1 JOSHI 305 -6.8 H8020 10.2 -0.05 HPPL 316.3 -3.6 NICA 452 -13 CHDC 1684 -35.9 RIDI 235 0 EBL 605 5 RFPL 532 11.1 RURU 740 -9.8 LUK 9.21 -0.09 CHL 353 0.4 SALICO 747 -9.1 CLI 634 -4.9 SONA 473.2 -7.8 LEC 276.8 -6 MBJC 321 -8 AVYAN 909 -6 HRL 861 -4 MBL 255 -4 MLBSL 2000 -26 PPL 461 -2.5
×
डोङफेङ इभी गाडीको भैरहवामा पनि विक्री सुरु



भैरहवा, चैत्र ०७ । त्रिवेणी ग्रुप अन्तर्गतको त्रिवेणी अटो कर्पले आयात गरेको चिनियाँ ब्रान्डको इलेक्ट्रीक भ्यान डोङफेङ इभी गाडीको भैरहवामा पनि विक्री सुरु गरिएको छ ।

नेपाली बजारमा ११ सिट र १४ सिट क्षमताका दुई मोडलका इलेक्ट्रीक प्यासेन्जर भ्यानको त्रिवेणी मोटर कर्पोरेशनले भैरहवाका लागि आधिकारिक विक्रेता किस्मत अटोमोबाईल्समा बुधबारदेखि बिक्री सुरू गरको किस्मत अटोमोबाईल्सका सञ्चालक कल्याण श्रेष्ठले जानकारी दिनुभयो । इलेक्ट्रिक गाडिहरुको डिमाण्ड बढेकोले भैरहवामा पनि बिक्री वितरण सुरु गरेको श्रेष्ठले बताउनुभयो । 

चीनमा बनेको डोङफेङ इभी गाडीको १४ र ११ सिट क्षमतामा उपलब्ध रहेको सञ्चालक श्रेष्ठले जानकारी दिए । गाडीको मूल्य क्रमश ः ५६ लाख ५० हजार र ४७ लाख रुपैयाँ रहेको उनले बताए । 

बुटवलका लागि आधिकारिक विक्रेता उर्जा ग्रीन अटोमोबाइल्सका सञ्चालक लक्ष्मण अर्यालका अनुसार यो गाडीको ३ सय किलोमिटर रेन्ज छ ।

त्यस्तै गाडीको ब्याट्री र मोटरमा पाँचलाख किलोमिटर र पाँचवर्ष वारेन्टी रहेको अर्यालले जानकारी दिए । 

विक्री केन्द्रबाट सेल्स, सर्भिस र पार्टसको राम्रो सुविधा प्रदान गरिने किस्मत अटोमोबाईल्सका सेल्स म्यानेजर विशालजंग कुँवरले बताए ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस