×
स्वाभिमान लघुवित्तको बोनस सेयर घोषणा



काठमाडौं, चैत्र ०८ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले  लाभांश वितरण गर्ने भएको छ । यस लघुवित्तको बिहीबार (चैत ७ गते) बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८०÷८१ को नाफाबाट बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

संस्थाले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ । प्रस्तावित लाभांश राष्ट्र बैंक र स्वाभिमानको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७९÷८० को नाफाबाट भने कुनै पनि लाभांश वितरण गरेको थिएन ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस