×
‘एमबीएल इक्विटी फन्ड’ मा आवेदन दिने आज अन्तिम दिन



काठमाडौ, चैत्र ०७ । ‘एमबीएल इक्विटी फन्ड’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । माछापुच्छ्रे क्यापिटलले फागुन २२ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गरेको थियो । माछापुच्छ्रे क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको ‘एमबीएल इक्विटी फन्ड’ले १२ करोड इकाई बिक्री खुला गरेको हो । 

यसले प्रतिइकाई १० रुपैयाँको दरले १ अर्ब २० करोड रुपैयाँ बराबरको इकाई जारी गरेको छ । कुल योजनाको आकारमध्ये १५ प्रतिशत इकाई माछापुच्छ्रे बैंक तथा १४ प्रतिशत इकाई माछापुच्छ्रे क्यापिटलले खरिद गर्नेछन् । बाँकी रहेको ८५ करोड रुपैयाँ बराबरको १० करोड २० लाख इकाई सार्वजनिक निष्कासन भएको हो । 

यसमा न्यूनतम १ सय इकईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । लगानीकर्ताले आज कार्यालय समयभित्र यस फन्डको इकाईमा आवेदन दिनसक्नेछन् । 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस