GMFIL 623 1 RURU 740 -9.8 SFMF 10.2 -0.2 KPCL 493 -0.8 GBBL 447 -6 SALICO 747 -9.1 AKJCL 209 -3 NICA 452 -13 CKHL 632 -8 ULHC 390 -7.9 SLBBL 958.9 -4.2 UNL 48870 -930 HIDCL 270.7 -4.1 USHEC 523 -7 NYADI 305.4 -6.6 RBCLPO 12300 88 GBILD86/87 1030 4 PRIN 968 4 AHPC 267 -0.6 USLB 1467 -2.9 GBIME 256.1 -4.4 LBLD86 1081 -0.2 PPCL 262 -5.2 ENL 1102 -18 DLBS 1374 30 MBL 255 -4 HIDCLP 183 -2 PMLI 562 1 SIGS3 9.45 0.09 SHINE 473 -1.8 NICFC 8.97 -0.33 NHPC 220.1 0 SONA 473.2 -7.8 NIBSF2 8.9 0.08 NICAD8283 1169.8 86.8 NICBF 9.3 -0.08 ANLB 4453.1 47 MLBBL 1635 15 EBLD86 1040 -2 CGH 909 -5
×
नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुनका लागि तयारी सुरु



काठमाडौं, ६ चैत्र । नेपाल अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अबलम्वन गर्नुपर्ने रणनीति कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गर्नुपर्ने तयारीका कार्यहरुबारे गृहकार्य सुरु भएको छ ।

अर्थ मन्त्रालयमा आयोजित बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले गर्नुपर्ने कार्यहरुलाई पूर्ण तयारीका साथ अघि बढाउने उल्लेख गर्दै त्यसमा जुटन कर्मचारीहरुलाई निर्देशन दिएका छन ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीहरुले संक्रमणकालीन रणनीतिहरुलाई समय सान्दर्भिक बनाइ सबै पक्षसँगको समन्वयमा अघि बढ्न आवश्यक रहेको बताए ।

 

बैठकमा आर्थिक वर्ष २०८२÷०८३ को बजेट बनाउँदा प्रस्ताव गरिेने, नीति, योजना र कार्यक्रमले सहज र दिगो बनाउन योगदान गर्ने गरी तयारीमा जुटनु पर्नेमा पनि जोड दिइएको छ । 

अर्थ मन्त्रालयको कार्य जिम्मेवारीमा दिगो आर्थिक वृद्धि र रोजगारी सिर्जनामा आधारित वित्त नीति, स्थीर मौद्रिक नीति, कोषको उपलब्धता र विकास सहायता परिचालन पर्छन् । 

 

यसैगरी व्यापारिक विश्लेषण तथा उच्च प्रतिफलयुक्त परियोजनाका लागि क्षमता र वित्तीय पहुँच वृद्धि पनि कार्य जिम्मेवारीमा छन् । स्तरोन्नतिका मापदण्डहरुमा प्रति व्यक्ति कुल राष्ट्रिय आय, मानव सम्पत्ति सुचक, आर्थिक तथा वातावरणीय जोखिम सूचक लगायत छन् । 

 

स्तरोन्नति पछि नेपालमा विकास तथा व्यावसायिक लगानीमा सुदृढ पहुँच, नयाँ व्यापार र आर्थिक साझेदारीको विकासमा योगदान, दिगो विकास, राष्ट्रिय छवि निर्माण, विश्वसनियतामा वृद्धि लगायतका प्रभाव पर्न सक्ने आंकलन गरिएको छ । 

 

यसैगरी वस्तु निर्यात, मूल्य, रोजगारी लगायतमा पनि प्रभाव पर्न सक्ने आंलकन गरिएको छ । नेपाल सन् २०२६ को नोभेम्बरमा अल्पविकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने समय निर्धारण गरिएको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस