SSHL 215 0.8 PBD84 1065 1.7 SAPDBL 569.6 -7.4 BHPL 655.1 -12.7 SBD87 1048 11.9 PMHPL 260 -4 ULHC 390 -7.9 SHINE 473 -1.8 TRH 1118 -5 GBIME 256.1 -4.4 BBC 4255 50 PBD88 1102.1 2.1 ULBSL 3199 37 NLICL 606 -4 MLBL 398 -6.9 SMPDA 910 -1 MHNL 265.5 -0.5 NBL 292.2 1.2 SHIVM 599 -8 DORDI 429 -3.3 EBL 605 5 NMLBBL 769 -11 GCIL 498 -5.8 GMFBS 1512.1 -16.9 SMH 1064.8 5.9 PRVU 248 -10 JSLBB 1513.9 38.9 DLBS 1374 30 MHCL 410 -7 NIBD84 1030 -20 OHL 925 -9 NBBD2085 1100 0 NICL 990.2 -4.8 RLFL 625 6.9 KSBBLD87 1093.4 18.4 GLBSL 1600.4 -29.6 CFCL 647 27.1 ALBSL 1040 -4 USLB 1467 -2.9 SBCF 9 -0.2
×
क्रेस्ट माइक्रो लाइफको आइपीओ बाँडफाँड चैत ५ गते



काठमाडौ, चैत्र ०४ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ चैत ५ गते भोली मंगलबार बाँडफाँड हुने भएको छ । कम्पनीले फागुन २२ गतेदेखि आइपीओ विक्री गरेको हो । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आइपीओ जारी गरेको हो।

उक्त आइपीओ शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको कार्यालयमा विहान साढे ८ बजे बाँडफाँड हुने जनाइएको छ ।

उक्त आइपीओमा अन्तिम दिनसम्म २० लाख ४८ हजार ५३८ जना आवेदकले २ करोड ४४ लाख ९२ हजार १७० कित्ताका लागि आवेदन दिएका छन्। 

मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले शेयर पाउनेछन्।

कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आइपीओ निष्कासन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँबराबरको २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

यसैगरी कम्पनीका कर्मचारीहरुका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरुलाई १ लाख १२ हजार ५०० कित्ता साधारण शेयर पनि बाँडफाँट गरिसकेको छ। कम्पनीले अब दोस्रो चरणमा कम्पनीले १८ करोड ४५ लाख रुपैयाँबराबरको १८ लाख ४५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस