SPC 520 5 NICBF 9.3 -0.08 SPL 813 -12.1 SRLI 443.1 -4.9 NIBD2082 1099 0 SFMF 10.2 -0.2 USLB 1467 -2.9 RBCLPO 12300 88 HIDCL 270.7 -4.1 PMLI 562 1 MLBS 1532.3 -86.7 CIT 2195 0 NBLD87 1020 -8 PRSF 9.54 -0.11 NRM 426.1 -4.9 CITY 805 -17 NBL 292.2 1.2 CFCL 647 27.1 UAIL 639 -1 MHNL 265.5 -0.5 GMFIL 623 1 HLBSL 1010 -10 CMF2 9.21 -0.1 BPCL 449 -7 SAMAJ 3321.1 1.1 EDBL 645 -1.9 PBD84 1065 1.7 RNLI 495.5 1.5 GFCL 1051.1 6 HHL 439 -3.2 MDB 630 -3.8 MKCL 1497 -26 SJLIC 477 -7.5 TRH 1118 -5 HURJA 220 -4.6 BHDC 583 5.4 NLICL 606 -4 PPCL 262 -5.2 CGH 909 -5 SBD87 1048 11.9
×
नेको इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने समय चैत १४ गतेसम्मका लागि लम्बियो



काठमाडौ, चैत्र ०४ । नेको इन्स्योरेन्सले हकप्रद सेयरमा आवेदन दिने म्याद चैत १४ गतेसम्मका लागि थप गरेको छ ।

यसअघि कम्पनीले फागुन २८ गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सकिने जनाएको थियो । तर, उक्त समयमा मागअनुसार आवेदन नपरेकाले यस कम्पनीले हकप्रद सेयरमा आवेदन दिने समय थप गरेको हो । 

नेको इन्सुरेन्सले फागुन ८ गतेदेखि २५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले ४ः१ अनुपातमा ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर जारी गरेको छ । जसअनुसार यसले १ सय अंकित मूल्यमा ५० करोड ३० लाख ९० हजार १५५ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हो । 

उक्त हकप्रद सेयरको लागि नेकोले माघ १८ गते बुक क्लोज गरेको थियो । तसर्थ, त्यसभन्दा अघिसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । यो हकप्रद सेयरमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक सानिमा क्यापिटल नक्साल काठमाडौं र नेको इन्सुरेन्सको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ छ । हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस