×
साल्ट ट्रेडिङको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौ, फागुन २८ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि चैत १ गतेदेखि बुक क्लोज गर्ने भएको छ । 

सरकारले फागुन २८ गते बिहीबार फागु पूर्णिमाको अवसरमा काठमाडौं उपत्यकासहित पहाडी भेगमा सार्वजनिक बिदा दिएको छ । जसकारण सेयर कारोबार हुँदैन । अब सेयरखरिदकर्ताहरुले कम्पनीको लाभांश हात पार्न आजै सेयर खरिद गर्नुपर्छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले चैत ११ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस