×
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर लिलामी भर्ने आज अन्तिम दिन



काठमाडौ, फागुन २७ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर लिलामी भर्ने आज अन्तिम दिन हो ।

कम्पनीको ८० हजार कित्ता संस्थापक सेयर भर्ने आज अन्तिम दिनरहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले पनि बोलपत्र पेश गर्न सक्नेछन् । 

सेयरको प्रतिकित्ता भाउ न्यूनतम २११ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यता, आवेदकले न्यूनतम ८० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक प्रभु क्यापिटल, कमलादी काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ । 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस