CYCL 1540 -7 NYADI 305.4 -6.6 GFCL 1051.1 6 RSDC 735 0 NBL 292.2 1.2 SPIL 853 -18 GVL 538.5 -22 HRL 861 -4 NADEP 1030 -55 LLBS 1050 5 UPPER 214.2 -1.8 SFMF 10.2 -0.2 DDBL 916.2 3.1 MPFL 751 5 UPCL 262.2 -2.7 MFLD85 1050 -20 SBLD89 1200 16.1 RBCLPO 12300 88 NLO 242.1 0 CKHL 632 -8 MLBSL 2000 -26 CITY 805 -17 GBIME 256.1 -4.4 JFL 655 6 CZBIL 242 -10 LBBLD89 1208.5 23.5 KBSH 2386 -9 NRM 426.1 -4.9 KSBBL 448 -3 NMBD87/88 1027 -3 CHCL 568.9 -8.1 ENL 1102 -18 SPL 813 -12.1 HPPL 316.3 -3.6 KDBY 9.21 -0.23 RAWA 889 29 PPL 461 -2.5 DHPL 242 1 USLB 1467 -2.9 SHEL 242.9 -4.7
×
छलकपट गरेर सरकारले संसद प्रवेशमा रोक लगाएको रवि लामिछानेको आरोप



भैरहवा, फागुन २६ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छलकपट गरेर सरकारले संसद प्रवेशमा रोक लगाएको आरोप लगाएका छन् ।

सहकारी ठगी मुद्दाको पहिलो तारिख बुझ्न सोमबार रुपन्देही जिल्ला अदालत पुगेका लामिछानेले यस्तो बताएका हुन । बहस सकिएपछि जिल्ला अदालत बाहिर पत्रकारहरुसंग कुरागदै सभापति लामिछानेले पत्रकारहरुसंग बोल्दै भने “सकारले मलाइ पुर्न भनेर खनेको खाल्डो सनो भएको भए मलाई मात्र पुर्न मिल्थ्यो तर सरकारले यति ठूलो खाल्डो खन्योकी त्यसमा ति सबै जना जाकिन्छन् ।”

उनलाई आगामी वैशाख २३ गते अर्को तारिख दिइएको अदालतका श्रेस्तेदार यज्ञ मूर्ति ज्ञवालीले बताए । लामिछानेले सोम नम्बर ७ फाँटमा तारिख बुझेको उनको भनाई छ ।

जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारी ठगी र संगठित अपराधमा लामिछानेसहित २२ जनालाई गत ५ माघमा रूपन्देही जिल्ला अदालतमा पूरक मुद्दा दर्ता गरेको थियो । सो मुद्दामा रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले १३ माघमा तत्काल प्राप्त प्रमाणका आधारमा लामिछानेले कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिव आधार नदेखिएको भन्दै पछि ठहरेबमोजिम हुने गरी एक करोड धरौटीमा छोड्ने आदेश गरेको थियो ।

अदालतले किन माग्यो रविसँग एक करोड धरौटी ? लामिछानेले आजै तुलसीपुर उच्च अदालत बुटवल इजलासमा जिल्ला अदातलको आदेशविरुद्ध पुनरावेदन दर्ता गराएका छन् । उनले साधारण तारेखको माग गरेका छन् । लामिछानेलाई एक करोड धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले यसअघि नै पुनरावेदन दिइसकेको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस