PRVU 248 -10 NIBD84 1030 -20 RHPL 364 -5.2 SAGF 9.31 0.01 SRLI 443.1 -4.9 UPPER 214.2 -1.8 NBLD87 1020 -8 CYCL 1540 -7 SNLI 585.1 -0.9 GRDBL 743 5 OHL 925 -9 KBL 234 -6.9 KMCDB 1027.8 -11.1 BFC 625 9.1 WNLB 2650 -80 RFPL 532 11.1 SHEL 242.9 -4.7 USHEC 523 -7 MHL 725 3.5 CMF2 9.21 -0.1 NADEP 1030 -55 RBCL 17071 -109 KSBBL 448 -3 HPPL 316.3 -3.6 MSHL 938 3 PMHPL 260 -4 SFMF 10.2 -0.2 MANDU 885 -14 H8020 10.2 -0.05 SPIL 853 -18 BPCL 449 -7 SMATA 875 -16 KPCL 493 -0.8 DDBL 916.2 3.1 GIBF1 9.69 0.1 RIDI 235 0 SMJC 574 -6 EDBL 645 -1.9 EBLD85 1105 5 SNMAPO 190 0
×
दोर्दी खोला जलविद्युतले हकप्रद सेयर जारी गर्दै



काठमाडौ, फागुन २५ । दोर्दी खोला जलविद्युतले चैत्र १९ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनीले १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । 

यसको हकप्रद सेयरमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । यस हकप्रदमा बिक्री सानिमा क्यापिटल नक्साल काठमाडौं र सानिमा बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । 

उक्त हकप्रद सेयरको लागि यसले फागुन १५ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन १४ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । ङादी ग्रुपले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले २०८२ बैशाख ८ गतेसम्म आवेदन दिन सक्नेछन् । 

दोर्दी खोलाको चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ । हकप्रद पछि यसको पुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्नेछ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस