×
Lagani
Lagani Shiksha gif
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौ, फागुन २५ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

सानिमा रिलायन्स लाइफले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीलाई १.२४८९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद वितरण गर्दैछ । बोनस सेयरको लागि कर भने आफै तिर्न पर्ने कम्पनीले जनाएको छ । उक्त लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीले चैत ८ गते वार्षिक साधारण सभा बोलाएको छ ।

Lagani Shiksha gif
sharehubapk सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

यस कम्पनीले साधारण सभा तथा लभांश प्रयोजनको लागि फागुन २६ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम सेयरधनीले उक्त कम्पनीले प्रस्ताव गरेको लाभांश हात पार्न सक्नेछन् । 

यस्तै, कम्पनीको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ । यता, बोनस सेयर वितरण भएपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुरुप प्रबन्धपत्र संशोधन गर्ने, कम्पनीको रजिष्टर्ड कार्यालय रहेको स्थान परिवर्तन गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु अनुमोदन गर्ने लगायत प्रस्तावहरु पनि सभामा पेश हुनेछ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस