PSF 9.51 -0.09 JOSHI 305 -6.8 NABIL 594 3 NICGF 10.56 -0.28 NIL 912 8 CYCL 1540 -7 SBI 482.9 -6 NIFRA 280 -5 BBC 4255 50 RNLI 495.5 1.5 BHPL 655.1 -12.7 MCHL 488.3 -3.7 SLBSL 1398.4 21.4 HBLD83 1056.3 0.3 IHL 499 -1 MFLD85 1050 -20 SBID83 1098 8.7 MEHL 380.1 -19.9 CHL 353 0.4 KEF 9 0.28 AKPL 248.5 -2.5 HIDCL 270.7 -4.1 SNLI 585.1 -0.9 SBLD84 1040 19.3 GILB 1268.4 4.4 NMBD87/88 1027 -3 ULHC 390 -7.9 HLI 472 -4 NIBSF2 8.9 0.08 SJCL 326 -3.7 PBD84 1065 1.7 DOLTI 538 10 SMJC 574 -6 PBLD87 1028 -2 KDBY 9.21 -0.23 AHPC 267 -0.6 SIKLES 707 -3 IGI 600 -4 NUBL 730 2.8 BARUN 379 -6.1
×
बतास ट्रयाक्टरद्दारा हाईड्रो सेगमेन्टका ग्राहकहरू केन्द्रित कार्यक्रम सम्पन्न



काठमाडौं,  २५ फागुन । नेपालका लागि क्याटरपिलर हेवी ईक्विप्मेन्टको आधिकारी बिक्रेता बतास ट्रयाक्टर्स प्रा.लि.ले फाल्गुण २३ गते काठमाण्डौ स्थित याक एण्ड एति होटलमा हाइड्रो सेगमेन्टका ग्राहकहरूलाई केन्द्रित गरी सफल ग्राहक सम्मेलन आयोजना गरेका थिए ।

 

उक्त कार्यक्रममा हाइड्रोपावर उद्योगका ५० भन्दा बढी सम्मानित ग्राहकहरूले सहभागिता जनाएका थिए ।

 

यस कार्यक्रममा क्याटरपिलरको मेशिनरीको अद्वितीय क्षमता र हाइड्रो परियोजनाहरूमा यसले ल्याउने दक्षता, नवीनता र प्रभावकारीता लाई प्रदर्शन गरिएको थियो । 

हाल क्याटरपिलरका मेशिनरीहरू नेपालको हाइड्रो सेगमेन्टमा अग्रणी स्थानमा रहेकोमा सम्पुर्ण ग्राहकहरुको विश्वास र समर्थनको लागि क्याटरपिलरका प्रमुख कम्पनी गेनवेल कमोशेल्स ईण्डियाका CI प्रमुख श्री दिपक जोलीले धन्यवाद व्यक्त गरेका थिए ।

 

ग्राहकहरूसँगको सम्बन्धलाई अझ बलियो बनाउन र निर्माण र हाइड्रोपावर प्रविधिमा नवीनतम प्रगतिहरू प्रदर्शन गर्न बतास ट्रयाक्टर्स सदैव तत्पर रहेको जानकारी कम्पनीका कार्यकारी निर्देशक श्री दिपेन्द्र मल्लले बताए । 

कार्यक्रममा हालै क्याटरपिलर मेशिनरी खरिद गर्ने सम्मानित ग्राहकहरूलाई चाबी हस्तान्तरण समारोह आयोजना गरिएको थियो जसमा हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन, फेवा कन्स्ट्रक्सन, भूगोल इन्फ्रास्ट्रक्चर, सिउरी न्यादी, र बन्दन भगवती निर्माण सेवा जस्ता कम्पनीहरू समावेश थिए।

उक्त कार्यक्रममा गेनवेल कमोशेल्स ईण्डियाका शेल्स हेड श्री आनन्द झाले क्याटरपिलर मेशिनरीहरूको प्राविधिक विशेषताहरू, लागत दक्षताको बारेमा विस्तृत जानकारी दिएका थिए जसमा 320D3 GC, २०–टन, २३–टन, र २५–टनका एक्साभेटर, ब्याकहो लोडर, मोटर ग्रेडर जस्ता मोडेलहरू समावेश थिए। यस कार्यक्रमको मुख्य आकर्षण रहेको GC Series मेशिनरीहरूले कसरी हाइड्रोपावर परियोजनाहरूमा नवीनता र दक्षता ल्याउन सक्छ भन्ने बारेमा जोड दिदै यस सिरिजले ईण्डियामा हेवी इक्विपमेन्ट उद्योगमा क्रान्तिकारी परिवर्तन ल्याएर आफुलाई प्रमाणित गरी सकेको समेत गेनवेल कमोशेल्स ईण्डियाका बिक्रि तथा प्रबन्धक निर्देशक श्री मुकुल दिक्षितले बताएका थिए ।

क्याटरपिलरले २४ सै घण्टा सर्भिस र स्पेयर पाट्र्स समर्थन प्रदान गर्दै आएको र यसले दुर्गम स्थानहरूमा पनि मेशिनरीको परिवहनको लागि डिस्मान्टलिङ र हेलिकप्टर लिफटिगं जस्ता उन्नत समाधानहरू प्रदान गर्दै आएको क्याटरपिलरका सेवा प्रदायक कम्पनी ट्रयाक्टर्स नेपालका समनजीले बताए ।  

बतास ट्रयाक्टर्स प्रा.लि.का प्रबन्धक निर्देशक श्री शान्त राज बतासले हाइड्रोपावर नेपालको आर्थिक विकासको आधारशिला रहेको र क्याटरपिलर मेशिनरीहरू हाइड्रोपावर परियोजनाहरूको अनौठा चुनौतीहरू पूरा गर्न पूर्ण रूपमा उपयुक्त रहेको जानकारी दिए । हाइड्रो परियोजनाहरूमा न्यूनतम डाउनटाइम र अधिकतम उत्पादकता सुनिश्चित गर्न कस्टमर सर्भिस अग्रिमेन्ट गर्न आग्रहका साथ सबै सहभागीहरूलाई आभार व्यक्त गर्दै सम्मेलन समापन गरिएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस