PHCL 465.1 -9.9 GBBL 447 -6 JSLBB 1513.9 38.9 PRVU 248 -10 GBBLPO 205 0 MSHL 938 3 HLI 472 -4 SANIMA 326 -10.2 TSHL 909 -11 PPL 461 -2.5 MKHL 493 -6 LEC 276.8 -6 SHIVM 599 -8 HRL 861 -4 CCBD88 1123.1 6.1 USLB 1467 -2.9 KSY 9.22 -0.19 SHINE 473 -1.8 SICL 832 0 USHL 783.2 -13.7 WNLB 2650 -80 GRDBL 743 5 MEN 631.1 -3.9 C30MF 9.74 0 SAHAS 505 28 NLG 1317 2 JOSHI 305 -6.8 NSIF2 10.52 0.02 SADBL 419 -1 GHL 218.5 -1.1 LBBL 475 -4.8 PCBL 292 -2 SHL 512 -4.5 MHL 725 3.5 LUK 9.21 -0.09 RLFL 625 6.9 SBLD84 1040 19.3 BPCL 449 -7 ULHC 390 -7.9 ILBS 980 -21.5
×
बुटवलमा प्रसारण लाइनको मोनोपोल राख्ने काम धमाधम



काठमाडौं । बुटवल उपमहानगरपालिका–११स्थित कालिकापथको योगिकुटी चोकदेखि होराइजन चोकसम्मको सडक खण्डमा पर्ने प्रसारण लाइनको मोनोपोल राख्ने काम धमाधम भइरहेको छ ।

बुटवलबाट मोतीपुरतर्फको १३२ केभि डबल सर्किट प्रसारण लाइनको टावर (चार खुट्टा भएको) लाई हटाएर योगिकुटी– होराइजन चोक सडक खण्डमा मोनोपोल (एउटा मात्र खुट्टा) राख्न लागिएको छ ।

करिब एक किलोमिटर सडक खण्डको बीचमा रहेका चारवटा टावरलाई हटाएर राखिने मोनोपोलको जग (फाउण्डेसन) निर्माण भइरहेको छ । फाउण्डेसनको काम १५ दिनभित्रमा सकिने छ । मोनोपोल निर्माणस्थलमा आपूर्ति भइसकेको छ । उक्त सडक खण्डमा ३०-३० मिटरका दुईवटा र ३२-३२ मिटरका दुईवटा मोनोपोल जडान गरिने छ ।

चालू रहेको उक्त प्रसारण लाइनलाई करिब १५ दिन बन्द(सटडाउन) गरेर मोनोपोल जडान गरिने छ । उक्त खण्डमा रहेका पुरानो टावरलाई हटाइने छ । साथै, तार (कन्डक्टर) पनि नयाँ प्रयोग गरिनेछ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणस्थलको अनुगमन गरी गर्मी सुरुहुनुभन्दा पहिले नै मोनोपोल जडान गरिसक्न आग्रह गरे । गर्मी सुरुभएपछि बुटवल क्षेत्रमा विद्युतको माग बढ्ने हुँदा प्रसारण लाइन सटडाउन दिन समस्या हुने भएकाले त्यसभन्दा अघिनै काम सक्न कार्यकारी निर्देशक घिसिङले बुटवल ग्रीड महाशाखालाई निर्देशन दिए ।

सडक र प्रसारण लाइन (तार) बीचको कम हुँदा सडकमा गुड्ने ठूला गाडीहरुले लाइन छोएमा हुन सक्ने दुर्घटनाको अन्त्य गर्न योगिकुटी– होराइजन चोक सडक खण्डमा मोनोपोल राख्न लागिएको हो ।  हाल सडक र लाइनबीचको दूरी ६ मिटरभन्दा कम छ । मानोपोल राखिएपछि सडक र लाइनबीचको दूरी करिब नौ मिटर हुनेछ ।

प्रसारण लाइनको टावर हाल बीचमा हुँदा उक्त सडक खण्ड साँघुरो रहेको छ । हालको टावरको बेसमेन्टको व्यास करिब ८ मिटर रहेको छ । मोनोपोलको बेसमेन्टको व्यास करिब साढे दुई मिटर मात्र हुनेछ । यसले गर्दा सडक पनि फराकिलो हुनेछ ।

साथै, मोनोपोल राखिएपछि हालको प्रसारण लाइनको मार्गधिकार घट्ने भएकाले त्यसको दायाँ–बायाँ रहेका घरहरु पनि थप सुरक्षित हुनेछन् ।

मोनोपोल निर्माणका लागि ३ करोड ६५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । प्राधिकरणको लगानीमा निर्माण भइरहेको मोनोपोलको सम्पूर्ण काम अगागी जेठभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस