GBLBS 738 -10 TVCL 461 1 MBL 255 -4 NRM 426.1 -4.9 KEF 9 0.28 SIGS2 10.05 0 SFMF 10.2 -0.2 KDBY 9.21 -0.23 GMFBS 1512.1 -16.9 NICD88 1032 -21 SWBBL 1065 2.1 NHDL 570 0 GBBL 447 -6 SIFC 628 10 SADBL 419 -1 VLUCL 588 -1.9 MEHL 380.1 -19.9 JFL 655 6 MNBBL 395.8 -0.8 CYCL 1540 -7 MBJC 321 -8 SGHC 393.6 0.1 SAGF 9.31 0.01 DORDI 429 -3.3 SONA 473.2 -7.8 SPL 813 -12.1 LLBS 1050 5 SLBBL 958.9 -4.2 SALICO 747 -9.1 SMJC 574 -6 MATRI 1405 -8 LBBL 475 -4.8 MMF1 8.98 0.1 LICN 1995.9 -27.1 EHPL 840 7.9 UPPER 214.2 -1.8 SLBSL 1398.4 21.4 PRIN 968 4 RADHI 397.9 7.9 UMRH 475 -1.9
×
एनआइसी एसियाकाे साधारण सभा फागुन २२ गते



काठमाडौ, फागुन २० । एनआइसी एसिया बैंकले फागुन २२ गते साधारण सभा बोलाएको छ । सभामा बैंकले अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पेश गर्ने भएको छ । साधारण सभा बिहान ९ बजे आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बस्ने छ । 

यसैगरी, साधारण सभाले बैंकको अधिकृत पुँजी १४ अर्ब ९२ करोड रुपैयाँबाट वृद्धि गरी १९ अर्ब ९२ करोड रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्नेछ । साथै, जारी तथा चुक्ता पुँजी  १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँबाट वृद्धि गरी १९ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ पुर्याउने प्रस्ताव पनि रहेको छ ।

सभाले आर्थिक वर्ष २०८०(८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, सहायक कम्पनी एनआइसी एसिया लघुवित्त वित्तीय संस्था र एनआइसी एसिया क्यापिटलको आर्थिक वर्ष २०८०–८१ को वित्तीय विवरण पारित गर्नेछ । आर्थिक वर्ष २०८१–८२ को लागि बाहय लेखापरीक्षक पिकेएफटिआर उपाध्या एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्त गरी पारिश्रमिक तोक्ने जनाएको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस