×
नेपाल बैंकले बोलायो साधारण सभा



काठमाडौ, फागुन १९ । नेपाल बैंक लिमिटेडले चैत ६ गते साधारण सभा बोलाएको छ । बैंकले यो वर्ष पनि लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो । 

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

सभा प्रयोजनार्थ बैंकले फागुन २२ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन २१ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

सभा नेपाल एपीएफ क्लब हकचोक, काठमाडौंमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस