×
Lagani
Lagani Shiksha gif
हस्तकला महासंघको तीन बर्षिय योजना तथा कार्यक्रम र रणनीति तय



काठमाडौँ । नेपाल हस्तकला महासंघले योजना तथा कार्यक्रम र रणनीति तय गरेको छ ।

महासंघका नव निर्वाचित अध्यक्ष रविन्द्र शाक्यले त्रिवर्षिय योजना सहितको मार्ग चित्रमा हस्तकला दिवसलाई राष्ट्रिय मान्यता दिलाउने, हस्तकला नीतिलाई पुनरावलोकन गरी नेपाल सरकारबाट स्वीकृत गराउने, हस्तकला वस्तुको आन्तरिक बजार विकासको लागि नेपाल सरकारका निकायहरुबाट हस्तकला वस्तुको अधिक उपयोग गराउन पहल गर्ने, सार्वजनिक खरिद ऐनलाई ब्यवहारिक बनाई हस्तकला वस्तु नेपाल सरकारमा आपूर्ति गर्न सहज वातावरण बनाउने, १२ अरवको निर्यात ब्यापार सोही रकम बराबरको आन्तरिक विक्री र ११ लाख भन्दा बढि ब्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्न रहेको हस्तकला उद्योग ब्यवसायलाई हेर्ने छुट्टै विभाग स्थापनाको लागि पहल गर्ने, अनलाईन भुक्तानी प्रणालीलाई सरल तुल्याउने, हस्तकला वस्तुको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनको लागि संभाब्य देखिएका देशहरुमा एक देशिय मेला आयोजना गर्ने, हस्तकला ग्राम र सार्क हस्तकला विकास केन्द्रको स्थापना र संचालनमा नेतृत्वदायी भूमिका खेल्ने, हस्तकला वस्तुको निकासीमा विजक मूल्याङ्कनलाई अनिवार्य तुल्याउने, महासंघको संस्थागत विकासमा विशेष जोड दिने आदि विषयवस्तुहरु समेटेका छन् ।

Lagani Shiksha gif
sharehubapk हस्तकला महासंघको तीन बर्षिय योजना तथा कार्यक्रम र रणनीति तय

सो गोष्ठीमा महासंघका विभिन्न ७ वटा परिषद्हरुले आ–आफ्नो तीन वर्षको कार्ययोजना सम्बन्धित परिषद्का सभापतिहरु वरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्षहरुले प्रस्तुत गर्नु भएको थियो । त्यसै गरी सचिवालयको कार्य योजना तथा हाल रहेका महासंघका महत्वपूर्ण परियोजनाहरुको प्रस्तुतिकरण महानिर्देशकबाट गरिएको थियो ।

अध्यक्ष तथा परिषद्का सभापतिहरुबाट प्रस्तुत ३ वर्षका मार्ग चित्र तथा परिषद्हरुका कार्य योजना तथा कार्यक्रम एवं सचिवालयको कार्य योजना माथि गोष्ठीमा सहभागी भएका महासंघका पूर्व अध्यक्षहरु बगमती प्रदेश हस्तकला संघ, जिल्ला हस्तकला संघ, वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरु, नियातकर्ता, कलाकारहरुबाट आवश्यक पृष्ठपोषण प्राप्त गरि अध्यक्षको मार्ग चित्र र परिषद् तथा सचिवालयको आगामी तीन वर्षिय योजना तथा कार्यक्रमलाई अन्तिम रुप प्रदान गरिएको थियो । गोष्ठीमा प्रमुख अतिथि तथा वक्ताको रुपमा महासंघका पूर्व अध्यक्ष इन्द्र बहादुर शाक्यले गोष्ठीको उद्घाटन गर्दै महत्व र ब्यवहारिक कार्य योजना एवं महासंघको आर्थिक सवलिकरण माथि आफ्नो धारण राखेका थिए ।

गोष्ठीमा औँल्याइएका महत्वपूर्ण पृष्ठपोषण सुझाव सहितको निस्कर्ष अध्यक्ष रविन्द्र शाक्यले प्रस्तुत गरेका थिए । गोष्ठीमा, कार्य समिति, पूर्व अध्यक्षहरु, जिल्ला तथा वस्तुगत संघ निर्यातकर्ता, उद्यमी ब्यवसायी कलाकार, कर्मचारी सहित करिव ७० जनाको सहभागिता रहेको थियो । गोष्ठीको सहजीकरण महानिर्देशक उत्तम प्रसाद देवकोटाबाट गरिएको थियो ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस