BFC 625 9.1 GRDBL 743 5 SPC 520 5 TPC 465 6 SLBBL 958.9 -4.2 KEF 9 0.28 NGPL 472 -2.9 NICLBSL 705.5 -7.5 SCB 691.1 3.6 PBD84 1065 1.7 KBLD89 1156 1 NMBMF 695 -10 CBBL 980 1 NMLBBL 769 -11 SEF 9.51 -0.24 MLBBL 1635 15 SMHL 613.1 -4 GBBLPO 205 0 SGIC 641.2 -4.8 SPIL 853 -18 KBSH 2386 -9 USHL 783.2 -13.7 DHPL 242 1 MKJC 467.9 -1 UMRH 475 -1.9 SONA 473.2 -7.8 ANLB 4453.1 47 HLBSL 1010 -10 UPPER 214.2 -1.8 RURU 740 -9.8 SMB 1809 4 SAHAS 505 28 CMF1 10.5 -0.2 SIGS3 9.45 0.09 PPL 461 -2.5 NMB50 10.3 0.05 MKHC 339 -1 MSHL 938 3 MLBS 1532.3 -86.7 CITY 805 -17
×
यस्तो छ आजको विनिमयदर



काठमाडौ, फागुन १६ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । शुक्रबार अमेरिकी डलरको भाउ सामान्य घटेको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार शुक्रबार एक अमेरिकी डललको खरिददर १३९ रूपैयाँ २३ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८३ पैसा कायम गरिएको छ । बिहिबार एक ओमरिकी डललको खरिददर १३९ रूपैयाँ २४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८४ पैसामा भएको थियो । 

शुक्रबार यूरोपियन युरो एकको खरिदमूल्य १४५ रूपैयाँ ८६ पैसा र बिक्रीमूल्य १४६ रूपैयाँ ४९ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २७ पैसाले घटेको हो । यसअघि बिहिबार एक युरो खरिदमूल्य १४६ रूपैयाँ १३ पैसा र बिक्रीमूल्य १४६ रूपैयाँ ७६ पैसामा कारोबार भएको थियो ।  

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७६ रूपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रूपैयाँ २३ पैसा कायम गरिएको छ । 

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ७२ र बिक्रीदर ८८ रूपैयाँ १० पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ११ पैसा र बिक्रीमा ९७ रूपैयाँ ५३ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ २९ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ३३ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ १५ पैसा तथा बिक्री दर १९ रूपैयाँ २४ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६५ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६९ पैसा कायम गरेको जनाइएको छ । 

यसैगरी, शुक्रबार कतारी रियाल एकको खरिदमूल्य ३८ रूपैयाँ २० पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ ३७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ १२ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ २८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ९१ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०८ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार ३१ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रूपैयाँ ४६ पैसा कायम गरेको छ । 

साथै, कुवेती दिनार एकको खरिददर ४५१ रूपैयाँ २८ पैसा र बिक्रीदर ४५३ रूपैयाँ २३ पैसा र बहराइन दिनार एकको खरिददर ३६९ रूपैयाँ ४१ पैसा र बिक्रीदर ३७१ रूपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस