USLB 1467 -2.9 NICGF2 8.78 -0.02 BARUN 379 -6.1 KSY 9.22 -0.19 CMF1 10.5 -0.2 DOLTI 538 10 RAWA 889 29 PBD85 1079.9 19.9 JBBL 351 -3.1 NESDO 2229 -18 SAMAJ 3321.1 1.1 SHEL 242.9 -4.7 UNHPL 266 0 PSF 9.51 -0.09 GHL 218.5 -1.1 NLICL 606 -4 NSIF2 10.52 0.02 RNLI 495.5 1.5 ALBSL 1040 -4 NGPL 472 -2.9 ULBSL 3199 37 EBL 605 5 NMFBS 1435 1 BBC 4255 50 SHINE 473 -1.8 GRDBL 743 5 JBLB 1534 -3 MLBSL 2000 -26 AHPC 267 -0.6 SINDU 667 -6 GBBL 447 -6 SBI 482.9 -6 MLBBL 1635 15 MPFL 751 5 NICBF 9.3 -0.08 HHL 439 -3.2 BGWT 934.9 -21.1 BHL 440 -13 PRIN 968 4 NBL 292.2 1.2
×
क्रेस्ट माइक्रो लाइफको आजबाट आइपीओ निष्कासन



काठमाडौ, माघ १५ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज माघ १५ गते सोमबारबाट आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई माघ १५ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको हो कम्पनीले १० प्रतिशत अर्थात, २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन् । 

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । 

रेटिङ एजेन्सी इक्रा नेपालले यस इन्स्योरेन्सको आइपीओलाई ‘इक्राएनपी इस्युआर डबल बी रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आइपीओमा एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स २०७९ चैत २८ मा लघु जीवन बीमाको इजाजत पत्र प्राप्त गरेको थियो । २०८० जेठ ८ मा नेपाल बिमा प्राधिकरणबाट व्यवसाय सञ्चालन गर्ने स्वीकृती प्राप्त गरेको  थियो । कम्पनी रजिष्ट्रारको कार्यालयबाट २०८० जेठ १० मा कारोवारको स्वीकृती प्राप्त गरी पब्लिक लिमिटेड कम्पनीको स्वरुपमा स्थापना भएको हो । 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस