GUFL 735 5 SPL 813 -12.1 CLI 634 -4.9 NTC 980.1 -2.4 RIDI 235 0 BEDC 470 0 BBC 4255 50 DDBL 916.2 3.1 WNLB 2650 -80 SJCL 326 -3.7 NMBMF 695 -10 GIBF1 9.69 0.1 CFCL 647 27.1 NICSF 9.5 0.25 SAHAS 505 28 UNHPL 266 0 NBF3 9.04 0.17 USLB 1467 -2.9 TVCL 461 1 NICD88 1032 -21 MHL 725 3.5 BHDC 583 5.4 SBID83 1098 8.7 MEN 631.1 -3.9 SONA 473.2 -7.8 LEC 276.8 -6 NLICL 606 -4 KSY 9.22 -0.19 SAPDBL 569.6 -7.4 KSBBL 448 -3 RADHI 397.9 7.9 MAKAR 500 6 ULHC 390 -7.9 MDB 630 -3.8 MLBSL 2000 -26 PRVU 248 -10 NYADI 305.4 -6.6 SHEL 242.9 -4.7 NIMB 241.9 -9.1 SBLD89 1200 16.1
×
गोलबजार नगरपालिकामा EFT सेवा सुचारु



मुकेश कुमार यादव

सिरहा १४ माघ। सिरहाको गोलबजार नगरपालिकाले इलेक्ट्रोनिक फण्ड ट्रान्सफर (EFT) सेवा सुचारु गरेको छ। सेवाग्राहीलाई सहज र सरल रुपमा भुक्तानी गर्ने उद्देश्यले पालिकाले औपचारिक रूपमा EFT सेवा  सुचारु गरेको हो।

यो सेवामार्फत नगरवासी लगायतका सेवाग्राहीहरुले पालिकामा चेकको लागि  आवश्यक कागजात पेस गरे सेवाग्राहीको खातामै ट्रान्सफर हुने प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरिले जनाएको छ। उनका अनुसार अब सेवाग्राहीले सेवा शुल्क, अन्य कर, दस्तुर लगायतका भुक्तानीहरू अनलाइनबाटै भुक्तानी गर्न सकिने बताए ।

सेवा प्रारम्भ गर्दै प्रमुख प्रशासकीय अधिकृत पुरीले भने, ´यो सेवा गोलबजार नगरपालिकाका जनताको आवश्यकता र सुविधालाई ध्यानमा राखेर ल्याइएको हो। अब नगरवासीहरूले बैंकमा लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन्। उनले थपे, ´यो सेवा आजबाट सुरु गरिएको हो। चैतदेखि पुर्णरुपमा अनलाइन प्रणालीबाट मात्रै भुक्तानी हुने छ।'

EFT सेवा सबै बैंकिङ प्रणालीसँग अनुकूल हुनेछ। नागरिकहरूले आफ्नो बैंक खाताबाट पालिकालाई सिधै रकम ट्रान्सफर गर्न सक्ने लेखा अधिकृत गनेश प्रसाद भण्डारीले जनाएका छन् । उनले भने, ´ यो अनलाइन प्रणालीले पालिकाको राजस्व संकलनमा समेत योगदान पुर्याउनेछ।´

सिरहाको १७ वटा पालिका मध्ये दुईवटा धनगढीमाइ नगरपालिका र नवराजपुर गाउँपालिकाले गत आर्थिक वर्षमा यो सेवा सुचारु गरे पनि केही दिनमै बन्द गरेको थियो। 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस