×
Lagani
Lagani Shiksha gif
उन्नति सहकार्य लघुवित्तको माघ २६ गते वार्षिक साधारण सभा, के के छन् एजेण्डा?



काठमाडौं, माघ १० । उन्नति सहकार्य लघुवित्तको माघ २६ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । 

यस कम्पनीले लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । यसर्थ, कम्पनीका सेयरधनीको हात खाली हुनेछ । 

Lagani Shiksha gif
sharehubapk उन्नति सहकार्य लघुवित्तको माघ २६ गते वार्षिक साधारण सभा, के के छन् एजेण्डा?

साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । सभा, होटल सनस्टार इन्टरनेसनल प्रालि, भैरहवामा विहान ११ बजे सुरु हुनेछ । 

सभा प्रयोजनका लागि कम्पनीले माघ १५ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, माघ १४ गतेसम्म कायम सेयरधनीमात्र कम्पनीको सभामा भाग लिन पाउनेछन् ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस