MAKAR 500 6 PFL 652 -1 NTC 980.1 -2.4 STC 5908 9 SNMAPO 190 0 NMB50 10.3 0.05 CHL 353 0.4 HURJA 220 -4.6 SARBTM 765 -5 NICD83/84 1062 -19 SPHL 666.9 16.9 SFMF 10.2 -0.2 PRSF 9.54 -0.11 HHL 439 -3.2 BOKD86 1040 18 SAMAJ 3321.1 1.1 UMRH 475 -1.9 NICD88 1032 -21 LBBL 475 -4.8 NIBD2082 1099 0 LICN 1995.9 -27.1 FMDBL 758 -0.1 NLG 1317 2 C30MF 9.74 0 CHCL 568.9 -8.1 HLBSL 1010 -10 BHPL 655.1 -12.7 MKCL 1497 -26 SBLD89 1200 16.1 SBL 345 -8.1 SWMF 812 -13 RLFL 625 6.9 CBBL 980 1 HBLD83 1056.3 0.3 KBLD86 1115 0 MKHC 339 -1 RHGCL 388 0 HDHPC 208.8 -4.1 VLUCL 588 -1.9 NABIL 594 3
×
ओम मेगाश्री फर्मास्युटिकल्सले आइपीओ निष्काशन गर्दै



काठमाडौं, माघ १० । ओम मेगाश्री फर्मास्युटिकल्सले यही माघ २१ गते आइपीओ बिक्री खुला गर्ने भएको छ।

वैदेशिक रोजगारमा रहेका नेपालीका लागि कम्पनीले पहिलो चरणको आइपीओ निष्काशन गर्न लागेको हो। यो कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ६० करोडको ३० प्रतिशत अर्था १८ करोड रुपैयाँबराबरको आइपीओ अनुमति पाएको छ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १८ लाख कित्ता आइपीओ जारी गर्नेछ। त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ८० हजार कित्ता कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गर्न लागेको हो।

वैदेशिक रोजगारमा रहेका नेपालीले यो आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनले तोकेका शाखासँगै सीडीएससीको मेरो शेयरमा खरिद आवेदन दिन सक्नेछन्।

यो आइपीओको निष्कासन बन्द फागुन ५ गते बैंकिङ समयपछि हुनेछ। आइपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

केयर रेटिङ नेपालबाट कम्पनीले केयर–एनपी बीबी माइनस (डबल बी माइनस) इस्युअर रेटिङ पाएको छ। यसले कम्पनीको समयमै वित्तीय दायित्व भुक्तानीका सन्दर्भमा मध्यम स्तरको जोखिम रहेको बुझिन्छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस