NIFRA 280 -5 NMLBBL 769 -11 UNLB 2527 -3.9 NICLBSL 705.5 -7.5 KBSH 2386 -9 HHL 439 -3.2 ULBSL 3199 37 KSBBL 448 -3 PBLD87 1028 -2 BHDC 583 5.4 SIFC 628 10 ULHC 390 -7.9 NIMBPO 176.9 -1.1 NRIC 803 -5 ANLB 4453.1 47 NABIL 594 3 SFMF 10.2 -0.2 HPPL 316.3 -3.6 NMB50 10.3 0.05 IGI 600 -4 NLG 1317 2 USHEC 523 -7 SBLD89 1200 16.1 GHL 218.5 -1.1 LLBS 1050 5 CLI 634 -4.9 LBLD86 1081 -0.2 MMF1 8.98 0.1 JFL 655 6 NMBD87/88 1027 -3 NICSF 9.5 0.25 BFC 625 9.1 SFCL 704.1 63.6 SAEF 11.22 0.17 EHPL 840 7.9 NUBL 730 2.8 SHINE 473 -1.8 HDHPC 208.8 -4.1 KDBY 9.21 -0.23 NHPC 220.1 0
×
आइसीएफसी फाइनान्सको ऋणपत्र बिक्री खुला, आजदेखि आवेदन दिन सकिने



काठमाडौं, माघ ०९ । आइसीएफसी फाइनान्स लिमिटेडले ऋणपत्र बिक्री खुला गरेको छ । फाइनान्सले आज माघ ९ गतेदेखि ३० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । कम्पनीले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३ लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये १ लाख ८० हजार इकाई कम्पनीले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । 

यसमा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटलले गरेको छ । यस ऋणपत्रमा माघ १३ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने माघ २३ गतेसम्म खुला रहनेछ । 

न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख २० हजार इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । आइसीएफसीले ७ वर्ष अवधिको ‘९ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८८’ जारी गर्न लागेको हो । यसमा वार्षिक ९ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ । 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस