MMKJL 543.6 9.6 SONA 473.2 -7.8 KBLD89 1156 1 PRIN 968 4 SMFBS 1505.2 6.2 BNT 14350 -50 KBL 234 -6.9 RSDC 735 0 NRN 905 -8 API 289.5 2.5 HLBSL 1010 -10 MAKAR 500 6 EBLD86 1040 -2 SFEF 9.29 0.22 SJCL 326 -3.7 KKHC 260 -2 RMF1 9.15 -0.1 PRVU 248 -10 PPCL 262 -5.2 CHCL 568.9 -8.1 CYCL 1540 -7 KBSH 2386 -9 DDBL 916.2 3.1 NICFC 8.97 -0.33 PBD88 1102.1 2.1 LBBLD89 1208.5 23.5 BPCL 449 -7 SAGF 9.31 0.01 SBCF 9 -0.2 RFPL 532 11.1 NHPC 220.1 0 PFL 652 -1 NLO 242.1 0 DORDI 429 -3.3 SHPC 525 -3.9 PHCL 465.1 -9.9 LICN 1995.9 -27.1 MATRI 1405 -8 HIDCL 270.7 -4.1 SAHAS 505 28
×
सरकारी बित्तिय संस्था प्रमुखलाइ प्रतिफल दिने ठाउँमा मात्रै लगानी गर्न अर्थमन्त्रीको निर्देशन



काठमाडौं, ८ माघ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले परिवर्तित सन्दर्भमा रणनीतिक योजना बनाएर उचित प्रतिफल आउने गरी काम गर्न सरकारी बैंक तथा वित्तीय र गैर वित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिएका छन ।

 

अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले सरकारी बैंक तथा वित्तीय र गैर वित्तीय संस्थाहरुलाई आवश्यक पर्ने नीति तथा कानून बनाउन मन्त्रालयले आवश्यक सहजीकरण गर्ने भन्दै त्यसका लागि अग्रसरता लिन निर्देशन दिएका हुन । सामान्य अवस्थाको प्रगतिले नपुग्ने भन्दै अहिले देखा परेका समस्याहरुलाई समाधान गर्न सार्थक पहल लिनुपर्ने उनको जोड रहेको छ ।

अर्थमन्त्री पौडेलले समस्यालाई आ–आफ्नो जिम्मेवारी र सीमामा रहेर काम गर्न संस्थाको विश्वसनियतालाई बढाउने गरी काम गर्न निर्देशनसमेत दिएका छन । साथै खराब कर्जाको आकार घटाउँदै प्रतिफल दिने ठाउँमा लगानी गर्नुपर्नेमा अर्थमन्त्रीको जोड छ ।

सरकारी बैंक तथा वित्तीय र  गैर वित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारीहरुले केही ठाउँमा कर्जा असुलीमा समस्या रहेको भन्दै पूँजीको वृद्धि र लागनी विस्तारका लागि केन्द्रित हुने बताएका थिए । 

बैठकमा अर्थ सचिव, राजस्व सचिव, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक, कर्मचारी सञ्चय कोष, ग्रामीण विकास लघु वित्त वित्तीय संस्था, निक्षेप तथा कर्जा सुरक्षण कोष लगायतका अध्यक्ष तथा  प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस