PRIN 968 4 NESDO 2229 -18 MLBL 398 -6.9 EHPL 840 7.9 MMF1 8.98 0.1 GLBSL 1600.4 -29.6 NMB 263.9 -7.1 OHL 925 -9 KBLD86 1115 0 ALICL 714.5 -1.2 SPHL 666.9 16.9 LSL 253.5 -5.5 SNLI 585.1 -0.9 MEHL 380.1 -19.9 BFC 625 9.1 SBLD89 1200 16.1 NIBD84 1030 -20 RAWA 889 29 NICBF 9.3 -0.08 MFIL 768 48 PBD84 1065 1.7 SMHL 613.1 -4 SIFC 628 10 KKHC 260 -2 SHL 512 -4.5 PMHPL 260 -4 UHEWA 476 -11 ENL 1102 -18 MKJC 467.9 -1 NMB50 10.3 0.05 SMFBS 1505.2 6.2 SCBD 1111 6 ULHC 390 -7.9 JBLB 1534 -3 MFLD85 1050 -20 BEDC 470 0 SHEL 242.9 -4.7 SALICO 747 -9.1 SMPDA 910 -1 NBL 292.2 1.2
×
मुक्तिनाथ विकास बैंकको नाफा बढ्यो



काठमाडौं, माघ ०८ । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५० करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो गत वर्षको यसैअवधिको भन्दा १९.७९ प्रतिशतले धेरै हो । गत वर्ष यसले ४२ करोड रुपैयाँ नाफा कमाएको थियो । यसको खुद ब्याज आम्दानी ५.१० प्रतिशतले बढेर २ अर्ब १९ करोड रुपैयाँ कायम भएको छ ।

गत वर्ष उक्त आम्दानी २ अर्ब ८ करोड थियो । यस बैंकको सञ्चालन नाफा पनि १६.४६ प्रतिशतले बढेको छ । त्यसैले पनि नाफामा सुधार आएको हो । बैंकले यो त्रैमासमा ७१ करोड ८५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । 

यसको वितरणयोग्य नाफा ५४ करोड २८ करोड रहेको छ । हाल यसको चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ३५ करोड रुपैयाँ जम्मा रहेको छ । यसको प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ ३६ पैसाले बढेर १४ रुपैयाँ २८ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ २८ पैसा रहेको छ । बैंकको खराब कर्जा (एनपीएल) भने २.५१ प्रतिशतबाट बढेर ३.९८ प्रतिशत पुगेको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस