SFMF 10.2 -0.2 MKHC 339 -1 NMB 263.9 -7.1 NICAD8283 1169.8 86.8 ALBSL 1040 -4 CZBIL 242 -10 NLICL 606 -4 BEDC 470 0 SPC 520 5 MAKAR 500 6 ALICL 714.5 -1.2 MLBS 1532.3 -86.7 MLBBL 1635 15 KBSH 2386 -9 H8020 10.2 -0.05 SRLI 443.1 -4.9 KBL 234 -6.9 KSBBL 448 -3 SAMAJ 3321.1 1.1 NICBF 9.3 -0.08 NMB50 10.3 0.05 DLBS 1374 30 MANDU 885 -14 SAHAS 505 28 GBBLPO 205 0 LSL 253.5 -5.5 NFS 1350 -43 NGPL 472 -2.9 KMCDB 1027.8 -11.1 VLBS 902.5 -7.5 KSBBLD87 1093.4 18.4 UHEWA 476 -11 SBID83 1098 8.7 USHEC 523 -7 SBCF 9 -0.2 NIBD84 1030 -20 ICFC 823.9 74.9 ADBL 367 -11.1 RIDI 235 0 KKHC 260 -2
×
विद्युत् उत्पादन कम्पनी: २ जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटाउने प्रक्रिया रद्द



काठमाडौं, माघ ०४ । विद्युत् उत्पादन कम्पनी लिमिटेडले साढे ५ खर्ब लागतका २ जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटाउने प्रक्रिया रद्द गरेको छ । 

गत मंसिर २३ गते राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरेको वित्तीय लगानी आह्वान गरेको २ जलविद्युत् आयोजनाको आशयपत्रसम्बन्धी प्रक्रिया रद्द गरेको हो । कम्पनीले किमाथांका अरुण जलविद्युत् आयोजना र मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि लगानी जुटाउने उद्देश्यले आह्वान गरिएको आशयपत्रको प्रक्रिया रद्द गरेको जनाएको छ । बिहीबार बसेको कम्पनीको संचालक समितिले उक्त प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो।

सरकारले किमाथांका अरुण जलविद्युत आयोजना र मुगु कर्णाली जलासययुक्त जलविद्युत आयोजना सार्वजनिक निजी साझेदारी ढाँचामा  निमार्णका लागि लगानी जुटाउन  गत मंसिर २३ गते राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरेर वित्तीय लगानी आह्वान गरेको थियो । यी २ आयोजनाको विद्युत उत्पादन कुल क्षमता २३ सय ५६ मेगावाट रहेको छ । आयोजना निमार्णका लागि ५ खर्ब ५३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

किमाथांका अरुण अर्धजलासय आयोजनाको विद्युत उत्पादन क्षमता ४ सय ५४ मेगावट रहेको र मुगु कर्णाली जलासययुक्त जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता १९ सय २ मेगावाट रहेको छ ।  यी २ आयोजना बनाउन ५ खर्ब ५३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस