RMF1 9.15 -0.1 NBLD87 1020 -8 NIMBPO 176.9 -1.1 SAHAS 505 28 VLUCL 588 -1.9 EBL 605 5 EDBL 645 -1.9 NHPC 220.1 0 PROFL 655 7 RHGCL 388 0 TSHL 909 -11 MHCL 410 -7 SNMAPO 190 0 SBCF 9 -0.2 USHEC 523 -7 GILB 1268.4 4.4 NICL 990.2 -4.8 SGHC 393.6 0.1 DDBL 916.2 3.1 NICA 452 -13 HHL 439 -3.2 BARUN 379 -6.1 KBLD89 1156 1 SHLB 1886.9 1.9 NRM 426.1 -4.9 MNBBL 395.8 -0.8 KDBY 9.21 -0.23 SBL 345 -8.1 JBLB 1534 -3 UMHL 308 -4 KBL 234 -6.9 ULBSL 3199 37 SIKLES 707 -3 TVCL 461 1 GBLBS 738 -10 CBBL 980 1 LBBL 475 -4.8 UHEWA 476 -11 GCIL 498 -5.8 NUBL 730 2.8
×
लिवर्टी इनर्जीको सेयर लिलामी बिक्री खुला



काठमाडौं, माघ ०२ । लिबर्टी ईनजी कम्पनी लिमिटेडले बुधबारदेखि हकप्रदमा बिक्री नभएको ८ लाख २६ हजार ५७४ कित्ता सेयर लिलामीमार्फत बिक्री खुला गरेको छ । 

लिवर्टी इनर्जीले गत मंसिर १६ गतेदेखि चुक्ता पुँजीको ५० प्रतिशत अर्थात ७५ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।  कम्पनीले हकप्रदमा बिक्री नभएको ८ लाख २६ हजार ५७४ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आजदेखि माघ ९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । 

प्रभु बैंक लिमिटेडका शाखा कार्यालयहरु कोशी प्रदेश विराटनगर शाखा, मधेश प्रदेश बीरगंज शाखा, बागमती प्रदेश ः जाउलाखेल शाखा, हेटौंडा शाखा, गण्डकी प्रदेशः पोखरा शाखा, लुम्बिनी प्रदेशः बुटवल शाखा, कर्णाली प्रदेशः सुर्खेत शाखा र सुदुरपश्चिम प्रदेशः धनगढी शाखा मार्फत आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस