RMF2 9.21 -0.13 SINDU 667 -6 GUFL 735 5 NICBF 9.3 -0.08 MANDU 885 -14 ANLB 4453.1 47 ACLBSL 1035 0 BHDC 583 5.4 MMKJL 543.6 9.6 HBLD83 1056.3 0.3 ULHC 390 -7.9 GBBL 447 -6 RURU 740 -9.8 TRH 1118 -5 API 289.5 2.5 MCHL 488.3 -3.7 NHDL 570 0 PBD85 1079.9 19.9 PBLD87 1028 -2 GCIL 498 -5.8 CMF2 9.21 -0.1 UMRH 475 -1.9 SPIL 853 -18 SPHL 666.9 16.9 TSHL 909 -11 NIBD2082 1099 0 MFLD85 1050 -20 SLBSL 1398.4 21.4 RIDI 235 0 ENL 1102 -18 NBLD85 1025 0 KBLD89 1156 1 MBL 255 -4 SHLB 1886.9 1.9 CKHL 632 -8 CHCL 568.9 -8.1 CYCL 1540 -7 EBL 605 5 TAMOR 482.9 -2.1 TPC 465 6
×
ङादी ग्रुप पावरकाे हकप्रद सेयर बिक्री खुला



काठमाडौं, माघ ०२ । ङादी ग्रुप पावरले पुस २३ गतेदेखि हकप्रद सेयर बिक्री खुला गरिरहेको छ । कम्पनीले १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले १ः१ अनुपातमा १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ । 

यसमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । यस हकप्रदमा बिक्री सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल काठमाडौं र सिद्धार्थ बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । 

यस हकप्रद सेयरका लागि यसले मंसिर १८ गते बुक क्लोज गरेको हो । तसर्थ, मंसिर १७ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयर दाबी गर्न पाउनेछन् । यो हकप्रद सेयरमा लगानीकर्ताले माघ १४ गतेसम्म आवेदन दिन सक्नेछन् । 

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि  चुक्ता पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ । कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकम आयोजनाको मर्मत सम्भार गर्न, ऋण तिर्न साथै नयाँ आयोजनामा लगानी गर्न प्रयोग गर्नेछ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस