ULHC 390 -7.9 NICLBSL 705.5 -7.5 SMPDA 910 -1 MEL 292 2 TAMOR 482.9 -2.1 PROFL 655 7 VLBS 902.5 -7.5 PPL 461 -2.5 NFS 1350 -43 PCBL 292 -2 NIFRA 280 -5 UNLB 2527 -3.9 CIT 2195 0 MBL 255 -4 HATHY 1322 13 SHL 512 -4.5 NLICL 606 -4 PMLI 562 1 NESDO 2229 -18 NICA 452 -13 RBCL 17071 -109 SPL 813 -12.1 KBLD89 1156 1 MMKJL 543.6 9.6 NUBL 730 2.8 NICD88 1032 -21 NADEP 1030 -55 GUFL 735 5 HLI 472 -4 RIDI 235 0 PMHPL 260 -4 NIBLSTF 8.68 0 GBLBS 738 -10 BFC 625 9.1 GLBSL 1600.4 -29.6 SAEF 11.22 0.17 CBBL 980 1 KBSH 2386 -9 GBIME 256.1 -4.4 SIGS3 9.45 0.09
×
सीवाइसी नेपाल लघुवित्तको स्थगित साधारण सभा अब माघ १२ गते बस्ने



काठमाडौं, माघ ०२ । सीवाइसी नेपाल लघुवित्तले माघ १२ गते साधारण सभा बोलाएको छ । यसअघि डाकिएको सभामा गणपुरक संख्या (कोरम) नपुगेपछि पुस २९ मा स्थगित गर्नुपरेको थियो । कम्पनीले यसअघि राखेका सबै एजेन्डाहरु यथावत् गर्दै सभा बोलाएको हो । कम्पनीले लाभांश प्रस्ताव नगरी सभा बोलाएको हो । सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १७ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । यस्तै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित हुनेछ । 

साथै, अन्य कुनै लघुवित्त संस्थासँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव हुनेछ । 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस