×
Lagani
Lagani Shiksha gif
सीवाइसी नेपाल लघुवित्तको स्थगित साधारण सभा अब माघ १२ गते बस्ने



काठमाडौं, माघ ०२ । सीवाइसी नेपाल लघुवित्तले माघ १२ गते साधारण सभा बोलाएको छ । यसअघि डाकिएको सभामा गणपुरक संख्या (कोरम) नपुगेपछि पुस २९ मा स्थगित गर्नुपरेको थियो । कम्पनीले यसअघि राखेका सबै एजेन्डाहरु यथावत् गर्दै सभा बोलाएको हो । कम्पनीले लाभांश प्रस्ताव नगरी सभा बोलाएको हो । सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १७ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । यस्तै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित हुनेछ । 

Lagani Shiksha gif
sharehubapk सीवाइसी नेपाल लघुवित्तको स्थगित साधारण सभा अब माघ १२ गते बस्ने

साथै, अन्य कुनै लघुवित्त संस्थासँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव हुनेछ । 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस