×
सुन तोलामा १६ सयले बढ्यो



काठमाडौं, पौष २८ । नेपाली बजारमा आइतबार सुनको भाउ तोलामा १६ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १६ सय रुपैयाँले बढेर १ लाख ५५ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रबार छापावाल सुनको भाउ १ लाख ५४ हजार १०० रुपैयाँ रहेको थियो । 

यता, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १८ सय ६० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १८ सय ४५ रुपैयाँ कायम रहेको थियो । 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस