×
महिला लघुवित्तका सेयरधनीको लागि लाभांश वितरण नगर्ने



काठमाडौं, पौष २६ । महिला लघुवित्तले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीले आफ्नो आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीहरुका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले लाभांश वितरण नगर्ने उक्त् निर्णय गरेको छ । साथै, सोही अनुसारको वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । 

महिलाले गत आर्थिक वर्ष २०७९–८० पनि लाभांश वितरण गरेको थिएन । यस संस्थाले अन्तिम पटक आर्थिक वर्ष २०७८–७९ को नाफाबाट भने ४७.५० प्रतिशत बोनस सेयर र २.५० प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस