×
Lagani
Lagani Shiksha gif
मौलापुर नपाले दिन्छ जनतालाई निःशुल्क बिजुली पानी



सञ्जय मिश्रा

रौतहट १३ पुस।

Lagani Shiksha gif
sharehubapk मौलापुर नपाले दिन्छ जनतालाई निःशुल्क बिजुली पानी

रौतहट स्थित मौलापुर नगरपालिकाले नागरिकको विद्युत महशुल बापत दुई करोड बढी रुपैयाँ नेपाल विद्युत प्राधिकरणलाई बुझाएको छ।

सम्पूर्ण कर संगै निःशुल्क बिजुली पानीको लागी मधेश प्रदेशमै छुट्टै स्थान बनाउन सफल मौलापुरले निःशुल्क विद्युत कार्यक्रमअन्तर्गत नगरवासीहरूको विद्युत महसुल बापत उक्त रकम बुझाएको हो।

मेयर रिना कुमारी साहको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले शुक्रवार  ३५ लाख बराबरको चेक नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रका आय प्रमुख सुरेश प्रसाद चौधरीलाई हस्तान्तरण गरेका थिए।

यही पुस, माघ, र फाल्गुन महिनाका घरायसी तथा कृषि विद्युत मिटरहरूको महसुल भुक्तानी हुने छ।

 

चालु आर्थिक वर्ष २०८१/०८२ मा हालसम्म मौलापुर नगरपालिकाले २ करोड २० लाख रुपैयाँको विद्युत महसुल बापत प्राधिकरण लाई बुझाएको अधिकृत साहले बताएका छन् ।

 

मौलापुर नगरपालिकाले नयाँ विद्युत मिटर जडान गरेका उपभोक्ताहरूलाई नागरिकता र ग्राहक नम्बरसहित निवेदन दिएर निःशुल्क ग्राहक सूचीमा समावेश हुन आग्रह गरेको छ।

 

मौलापुर नगरपालिकामा रिना साहले मेयरको जिम्मेवारी पाएदेखि नै त्यहाँ बाट पाउने सम्पूर्ण सुविधाका साथै बिजुली र पानी समेत निःशुल्क गरेकी छिन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस