NIBD84 1030 -20 STC 5908 9 KRBL 613 0 LEC 276.8 -6 EDBL 645 -1.9 KBLD89 1156 1 GLH 244 -2 PSF 9.51 -0.09 GMFIL 623 1 PBD85 1079.9 19.9 SAGF 9.31 0.01 LUK 9.21 -0.09 SPL 813 -12.1 MLBBL 1635 15 SMFBS 1505.2 6.2 FOWAD 1479 0 EHPL 840 7.9 AKPL 248.5 -2.5 KBLD86 1115 0 MDB 630 -3.8 NIMBPO 176.9 -1.1 NFS 1350 -43 NLIC 814 -13.4 TSHL 909 -11 GILB 1268.4 4.4 VLUCL 588 -1.9 NICA 452 -13 BARUN 379 -6.1 RBCLPO 12300 88 IHL 499 -1 SRBLD83 1065 -10 NMFBS 1435 1 GUFL 735 5 PPCL 262 -5.2 NICL 990.2 -4.8 UHEWA 476 -11 CGH 909 -5 KBSH 2386 -9 UNLB 2527 -3.9 TAMOR 482.9 -2.1
×
भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो?



काठमाडौं – नेपाली बजारमा सोमबार एकै दिन सुनको भाउ १६ हजार रुपैयाँले घटेको छ।

सुनको भाउ अघिल्लो दिन आइतबारको तुलनामा १५ हजार ९ सय रुपैयाँले घटेको हो। नेपाल सरकारले सुन र चाँदीमा लाग्ने भन्सार महसुल दर घटाएपछि सुनचाँदीमा भारी गिरावट आएको हो।

जसमा सुनमा भन्सार महसुल दर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको छ। यस्तै, चाँदीमा लाग्ने भन्सार महसुल दर १५ प्रतिशतबाट घटाएर १० प्रतिशत बनाइएको छ। मंसिर ६ गते मन्त्रिपरिषद्को बैठकले महसुल दर घटाउने निर्णय गरेको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस