SGHC 393.6 0.1 AHPC 267 -0.6 NBL 292.2 1.2 SALICO 747 -9.1 NIMB 241.9 -9.1 LICN 1995.9 -27.1 UHEWA 476 -11 GHL 218.5 -1.1 PFL 652 -1 SGIC 641.2 -4.8 NMB50 10.3 0.05 NMBMF 695 -10 NBBD2085 1100 0 SKBBL 934 -3 SICL 832 0 SHPC 525 -3.9 SJCL 326 -3.7 BARUN 379 -6.1 SBI 482.9 -6 RIDI 235 0 PPL 461 -2.5 MSLB 1564 -70 TPC 465 6 NIMBPO 176.9 -1.1 UNHPL 266 0 MANDU 885 -14 SFEF 9.29 0.22 MKCL 1497 -26 SMFBS 1505.2 6.2 HPPL 316.3 -3.6 UPCL 262.2 -2.7 RNLI 495.5 1.5 SPC 520 5 MFIL 768 48 PROFL 655 7 ICFC 823.9 74.9 BHL 440 -13 SHEL 242.9 -4.7 NMB 263.9 -7.1 JOSHI 305 -6.8
×
एलआइसी नेपालले ८८ प्रतिशत हकप्रद सेयर जारी गर्दै



काठमाडौं, मंसिर ०७ । लाइफ इन्स्याेरेन्स कर्पोरेसन (एलआइसी) नेपालले ८८.४५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः०.८८४५ अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर मंसिर १२ गतेदेखि जारी गर्न लागेको हो । एलआइसी नेपालले सो सेयरको लागि कात्तिक ९ गते बुक क्लोज गरिसकेको हो । तसर्थ, कात्तिक ८ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयर दाबी गर्न पाउनेछन् । यो हकप्रद सेयरमा लगानीकर्ताले पुस २ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यसले १ सय अंकित मूल्यमा २ अब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ ।

यसमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्नेछ । यस हकप्रदमा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ र लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालको स्टार मल, पुतलीसडक काठमाडौं तथा देशभरका देशभरका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । 

यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ। हाल यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस