UNL 48870 -930 RHGCL 388 0 SIFC 628 10 CHDC 1684 -35.9 MATRI 1405 -8 KDBY 9.21 -0.23 BNHC 466.9 0.7 MCHL 488.3 -3.7 UPPER 214.2 -1.8 KSBBL 448 -3 USHL 783.2 -13.7 GMFIL 623 1 NTC 980.1 -2.4 CFCL 647 27.1 HEI 648 -10 PPL 461 -2.5 SRLI 443.1 -4.9 GCIL 498 -5.8 API 289.5 2.5 MAKAR 500 6 DDBL 916.2 3.1 NIFRA 280 -5 HRL 861 -4 NIL 912 8 C30MF 9.74 0 HBL 260 -13 MKHC 339 -1 RAWA 889 29 GILB 1268.4 4.4 DORDI 429 -3.3 CZBIL 242 -10 SAHAS 505 28 MMKJL 543.6 9.6 SFEF 9.29 0.22 FOWAD 1479 0 MEHL 380.1 -19.9 LBBLD89 1208.5 23.5 SHLB 1886.9 1.9 MBL 255 -4 STC 5908 9
×
नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय टिकट विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि बिक्री गर्ने



काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय उडानका टिकट बिक्री गर्ने भएको छ ।

निगमले नजिकिएको बडादसैँ, तिहार तथा छठ पर्वजस्ता चाडपर्वको समयमा यात्रुको सहजताका लागि ती स्थानबाट टिकट बिक्रीको व्यवस्था मिलाएको हो । निगमले अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँ बाहिर भैरहवास्थित निगमको कार्यालयबाट मात्र टिकट बिक्री गर्दै आइरहेको थियो ।

निगमले भनेको छ- 

नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानका टिकटहरु काठमाडौं बाहिर हाल भैरहवा स्थित निगमको कार्यालयबाटमात्र बिक्रिवितरण भइरहेकोमा आगामी बडादशैं, तिहार तथा छठ पर्व जस्ता चाडपर्वको समयमा र सो पश्चात् समेत निरन्तर रहने गरी नेपाल वायुसेवा निगमका उडानहरुबाट यात्रा गर्न सहज रुपमा टिकट प्राप्त होस भनी निगमका विराटनगर, पोखरा र नेपालगञ्ज स्थित कार्यालयहरुबाट समेत वितरण गर्ने व्यवस्था मिलाउन र यसलाई प्रभावकारी रुपमा लागू गर्न सम्बन्धीत विभागीय प्रमुखहरुलाई निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीले विशेष निर्देशन दिनुभएको छ । 

साथै, यात्रुहरुले आफ्नो मोबाइलबाट वा निगमको वेभ साइटबाट समेत अनलाइन टिकट लिन सकिने व्यवस्था रहेकोमा स्थानीय ठाउँबाट समेत सेवा दिदा सेवाग्राहीले अझ प्रभावकारी ढंगले टिकेटिङ सेवा लिने विश्वास लिइएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस