NIL 912 8 BNHC 466.9 0.7 NGPL 472 -2.9 VLUCL 588 -1.9 NICD83/84 1062 -19 MSLB 1564 -70 SAEF 11.22 0.17 MKHC 339 -1 PFL 652 -1 LICN 1995.9 -27.1 BPCL 449 -7 SCBD 1111 6 HATHY 1322 13 NBL 292.2 1.2 MDB 630 -3.8 KRBL 613 0 HRL 861 -4 SADBL 419 -1 SMPDA 910 -1 SBLD84 1040 19.3 NTC 980.1 -2.4 SPC 520 5 NICA 452 -13 MMKJL 543.6 9.6 SLBBL 958.9 -4.2 SRBLD83 1065 -10 SBI 482.9 -6 UAIL 639 -1 NFS 1350 -43 BGWT 934.9 -21.1 SBD87 1048 11.9 HIDCL 270.7 -4.1 CHCL 568.9 -8.1 CITY 805 -17 PHCL 465.1 -9.9 RADHI 397.9 7.9 SDBD87 1035 4 MBLD2085 1085 6.5 TAMOR 482.9 -2.1 NMB 263.9 -7.1
×
पर्यटनमन्त्री पाण्डेले सोधे वायुसेवा निगमका अध्यक्षलाई ११ बुँदे स्पष्टीकरण



काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई ७ दिने स्पष्टीकरण सोधेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार सेवा अवरुद्ध हुनेगरी एकैपटक दुईवटै वाइडवडी जहाज सी-चेकका लागि पठाइएको सम्बन्धमा पर्यटनमन्त्री बद्रि पाण्डेले ७ दिने अल्टिमेटमसहित स्पष्टीकरण सोधेका हुन् ।

अध्यक्ष अधिकारीलाई मन्त्रालयले ११ वटा प्रश्नको वस्तुगत आधार, कारण र प्रमाणसहित ७ दिनभित्र लिखित स्पष्टिकरण पेस गर्न आग्रह गरेको छ ।

अध्यक्ष अधिकारीलाई सोधिएका ११ प्रश्न

१. निगमका जहाजहरुको मर्मत तथा सी-चेकको कार्य नियमित एवं पूर्वानुमानयोग्य कार्य भएको हुँदा सी-चेकमा पठाउँदा सेवा अवरुद्ध नहुने गरी वैकल्पिक व्यवस्था र सेवा निरन्तरताको सुनिश्चिता हुनेगरी गर्नुपर्नेमा पर्याप्त समय अगाडि खरिद प्रक्रिया नसक्नुको कारण सी-चेकको समयावधि थप माग्ने तथा सेवा अवरुद्ध हुनेगरी एकैपटक दुवै वटै वाइडवडी जहाज सी-चेकका लागि पठाइको सम्बन्धमा

२. जहाजको प्राविधिक परीक्षण, पार्टपुर्जा खरिद भवन मर्मत कार्य गराउँदा स्वच्छ प्रतिस्पर्धा, पारदर्शीतातथा गुणस्तरीयताहुने गरी गर्नु/गराउनुपर्ने हुन्छ । नेपाल वायुसेवा निगमका हरेकजसो मर्मत सम्भार तथा पार्टपुर्जा खरिदमा व्यापक उजुरी/गुनासो आउने गरेका छन् । यसै सन्दर्भमा जहाजको सी-चेकको लागि छनौट गर्दा के कति कारणबाट समयमा नै कार्यसम्पन्न गर्न नसक्ने कम्पनीको छनोट गरिएको हो ? यसबाट निगमलाई पुग्न गएको अपुरणीय क्षतिको जिम्मेवारी तपाईंले किन वहन गर्नु नपर्ने हो ?

३. सि-चेक कार्यको लागि वायु सेवा निगमका प्राविधिक प्रतिनिधिहरु पठाउदा आवश्यक भिसा अवधि बाँकी रहेको यकिन गरेर पठाउनुपर्ने सामान्य विषय हो । जहाजको सी-चेकको लागि भिसा अवधि सकिन लागेका प्राविधिक टोली पठाउनु र निजहरुलाई बीचमै फिर्ता बोलाई पुनःअर्को टोली पठाउनु भन्दा संस्थागत स्मरण, कार्यप्रगतिको जानकारी एवम् लागतको दृष्टिकोणले समेत निजहरुकै भिसा नवीकरण गरी निरन्तरता दिनु उपयुक्त हुनेमा त्यसो नगरी लापरबाहीपूर्वक निगमलाई अतिरिक्तवित्तीय दायित्व सिर्जना हुने गरी टोली पठाउनु पर्नुको कारण ।

४. नियमित सी-चेक गराउनुपर्ने अवस्थाको जहाजलाई थप उडान समयावधि माग गराउनुपर्ने अवस्थासम्म पुर्‍याईराष्ट्रिय ध्वजावाहक निगमको नियमित र सुरक्षित उडान प्रतिको विश्वसनीयतामा गम्भीर आँच पुर्‍याउनुको कारण ।

५. नेपालमा पर्यटक आवागमनको प्रमुख समय तथा नेपालीहरुको महत्त्वपूर्ण चाडपर्वको सम्मुखमा जहाजहरु पूर्ण क्षमतामा सञ्चालन हुने तथा व्यावसायिक मुनाफा समेत प्राप्त हुने हुँदा रणनीतिक योजना एवं कार्यतालिका बनाई पूर्व तयारीका साथ कार्य गर्नुपर्नेमा सो नगरी जहाजहरु ग्राउन्ड गर्दा निगमलाई पुग्न गएको अपुरणीय वित्तीय घाटा एवं निगमको साखमा पर्न गएको क्षतीको सम्बन्धमा ।

६. समयबद्ध उडान नगरेबापत निगमलाई विभिन्न समयमा विभिन्न देशमा जरिवाना समेत भएको विषयमा हालसम्म कति पटक कति जरिवाना भएको छ ? सोको विवरण र त्यसको कारण ।

७. गत वर्ष निगमको दुबई स्टेसनका कर्मचारीले बैंक खाता विवरणबारे सामान्य जाँचबुझसमेत नगरी ह्याकरबाट ई-मेलमार्फत आएको विवरणअनुसार रकम भुक्तानी गरिदिँदा निगमले ठूलो मात्रामा (करिब २ करोड) नोक्सानी बेहोर्नुपरेको भन्ने विषयमा ।

८. निगमको चल-अचल सम्पत्तिको यकिन गरी संरक्षण गर्ने कार्यमा कुशल व्यवस्थापन गर्न नसक्नुको कारण ।

९. निगमलाई व्यवसायिक रुपमा सञ्चालन गरी नाफामा लैजानुपर्नेमा सो नगरी निगमले लिएको ऋणको साँवा व्याज समेत तिर्न नसकी हाल निगमको ऋण वि.सं. २०८० चैत्र मसान्त सम्ममाकरिब ५१ अर्व २६ करोड पुगेको र समयमै सावा व्याज भुक्तानी नहुँदा निगमलाई थप वित्तीय दायित्व सृजना हुनुमा तपाईको जिम्मेवारी सम्बन्धमा ।

१०. नेपाल वायुसेवा निगमले अस्ट्रेलियाको सिड्नीमा व्यावसायिक उडानको लागि Foreign AOC समेत प्राप्त नगर्दै कर्मचारीहरु खटाई वित्तीय व्याय भार वृद्धि गरिनुमा तापाईको जिम्मेवारी सम्बन्धमा ।

११. ट्विनअटर जहाजहरु नियमित उडान सञ्चालनमा नल्याई निगमको आन्तरिक बजारहिस्सा अत्यन्त न्युन (०.३ प्रतिशत) बनाई निगमको साख गिराउनुको कारण ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस