ENL 1102 -18 AKJCL 209 -3 RFPL 532 11.1 HRL 861 -4 RLFL 625 6.9 MLBS 1532.3 -86.7 CFCL 647 27.1 AKPL 248.5 -2.5 SDBD87 1035 4 SWMF 812 -13 MLBL 398 -6.9 PRSF 9.54 -0.11 VLUCL 588 -1.9 RADHI 397.9 7.9 RAWA 889 29 SIGS2 10.05 0 ADBL 367 -11.1 SCBD 1111 6 NICL 990.2 -4.8 MKCL 1497 -26 ALBSL 1040 -4 API 289.5 2.5 GLBSL 1600.4 -29.6 NLIC 814 -13.4 HDHPC 208.8 -4.1 SSHL 215 0.8 GMFIL 623 1 MEHL 380.1 -19.9 CORBL 958.8 -10.2 GBILD86/87 1030 4 CITY 805 -17 NLO 242.1 0 TRH 1118 -5 SNMAPO 190 0 HPPL 316.3 -3.6 SRLI 443.1 -4.9 SONA 473.2 -7.8 NIMBPO 176.9 -1.1 NABIL 594 3 HATHY 1322 13
×
नेपाल र बेलायतबीच १२ अर्बको अनुदान सहयोगको समझदारीपत्रमा हस्ताक्षर



काठमाडौ । नेपाल सरकार र बेलायत सरकारबीच अनुदान सहायता सम्बन्धी दुई छुट्टा-छुट्टै समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । 

पहिलो समझदारीपत्र “नेपालमा उत्थानशीलता, अनुकूलनता तथा समावेशिता” कार्यक्रमको लागि करिव ६.५ अर्ब नेपाली रुपैयाँ (बेलायती पाउण्ड ३८.५ मिलियन) को अनुदान सहायता रकम रहेको छ । ६ वर्षको कार्यान्वयन अवधि रहेको यो कार्यक्रम गृह मन्त्रालय र वन तथा वातावरण मन्त्रालयअन्तर्गत विपद् जोखिम व्यवस्थापन र जलवायु परिवर्तनलाई सुदृढ गर्नका लागि लागू हुनेछ। कार्यक्रम कर्णाली, लुम्बिनी र मधेश प्रदेशमा सञ्चालन हुनेछ । 

त्यस्तै दोस्रो समझदारीपत्र “प्रणाली सुदृढीकरण मार्फत लैङ्गिक तथा मानव विकासका परिणामहरू सुधार” कार्यक्रमका लागि करिव ६.५८ अर्ब नेपाली रुपैयाँ (बेलायती पाउण्ड ३८.८ मिलियन) को अनुदान सहायता रकम रहेको छ । ७ वर्षको कार्यान्वयन अवधि रहेको यस कार्यक्रमले विशेषगरी शिक्षा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवा प्रवाहको गुणस्तर अभिवृद्धि तथा त्यस्तो सेवामा पहुँच बिस्तारमा जोड दिने छ । प्रदेश तथा स्थानीय तहको क्षमता विकास गर्ने लगायतको उद्देश्य रहेको यो कार्यक्रम लुम्बिनी र मधेस प्रदेशमा कार्यान्वयन गरिनेछ । 

समझदारीपत्रहरुमा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा र बेलायतको तर्फबाट काठमाडौँस्थित बेलायती दूतावासका विकास निर्देशक एवं उपराजदूत पिपा बर्डले हस्ताक्षर गरेका हुन् । 

सहसचिव शर्माले समझदारीपत्रहरू नेपाल र बेलायत दुई देशबीचको सौहार्दपूर्ण र स्थिर विकास सहयोगको प्रमाण भएको उल्लेख गर्दै सहयोग सामाजिक सेवा, जलवायु अनुकूलनता र मानव पुँजी विकास सहित दिगो विकास लक्ष्यहरू र १६औं आवधिक योजनामा उल्लिखित उद्देश्यहरूमा केन्द्रित हुने बताए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस