SHEL 242.9 -4.7 KSBBLD87 1093.4 18.4 BNHC 466.9 0.7 USLB 1467 -2.9 HLI 472 -4 BNT 14350 -50 NBF2 9.15 -0.05 SLBSL 1398.4 21.4 ENL 1102 -18 NIBD84 1030 -20 GBBL 447 -6 SHINE 473 -1.8 MLBS 1532.3 -86.7 NICAD8283 1169.8 86.8 MMKJL 543.6 9.6 SIGS3 9.45 0.09 FMDBL 758 -0.1 MHNL 265.5 -0.5 NBLD87 1020 -8 NICD88 1032 -21 SMHL 613.1 -4 KBLD86 1115 0 USHL 783.2 -13.7 SBLD84 1040 19.3 NIMBPO 176.9 -1.1 SRBLD83 1065 -10 RFPL 532 11.1 NESDO 2229 -18 SAMAJ 3321.1 1.1 BARUN 379 -6.1 KEF 9 0.28 BEDC 470 0 ALBSL 1040 -4 SBD87 1048 11.9 SIGS2 10.05 0 EBL 605 5 RNLI 495.5 1.5 NICD83/84 1062 -19 SAHAS 505 28 SPIL 853 -18
×
आँखुखोला जलविद्युतको हकप्रद सेयरमा आजदेखि आवेदन खुला



काठमाडौं, २७ साउन । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले आइतबारदेखि १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ ।

 

हकप्रद सेयरका लागि कम्पनीले साउन १ गते बुक क्लोज गरिसकेको हो । तसर्थ, असार ३१ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन पाउने छन् । 

यस कम्पनीले १ः१.५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यस कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुला गरेको छ ।

 

हकप्रद सेयरमा लगानीकर्ताले भदौ १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।  यो हकप्रद सेयरलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी इस्यूआर रेटिङ बी माइनस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । कम्पनीको हकप्रद सेयरमा नबिल इन्भेष्टमेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गरेको छ । 

आवेदकले नबिल इन्भेष्टमेन्ट बैंकिङ, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

 

 

हाल यस कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस