RURU 740 -9.8 CIZBD86 1060 -10 HIDCL 270.7 -4.1 NGPL 472 -2.9 KSBBLD87 1093.4 18.4 STC 5908 9 MND84/85 1030 2 KKHC 260 -2 AVYAN 909 -6 NRM 426.1 -4.9 LVF2 9 0 PMHPL 260 -4 ENL 1102 -18 NIMB 241.9 -9.1 RHGCL 388 0 AHPC 267 -0.6 SAPDBL 569.6 -7.4 CMF1 10.5 -0.2 SIFC 628 10 CZBIL 242 -10 NLIC 814 -13.4 NIMBPO 176.9 -1.1 LSL 253.5 -5.5 ANLB 4453.1 47 GRDBL 743 5 DORDI 429 -3.3 SIGS2 10.05 0 GVL 538.5 -22 NMB50 10.3 0.05 MBJC 321 -8 SIKLES 707 -3 NBLD85 1025 0 SFCL 704.1 63.6 RSDC 735 0 HEI 648 -10 API 289.5 2.5 ALICL 714.5 -1.2 MHL 725 3.5 ILI 483.5 -2.5 MFLD85 1050 -20
×
माओवादीको बैठक: राम्रो काम गर्दागर्दै सरकारबाट बाहिरिनुपरेको प्रचण्डको ब्रिफिङ



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी केन्द्रीय कार्यालयको बैठकमा बर्गीय सम्बन्ध कमजोर बनेको बताएका छन् ।

शुक्रबार बसेको बैठकमा प्रचण्डले कमजोर बनेको वर्गीय सम्बन्धलाई सुधार गर्ने मौका माओवादीले अहिले पाइरहेको बताएका हुन् । प्रचण्डले भ्रष्टाचारको विरुद्धमा, सुशासनको पक्षमा, जनतालाई सेवा प्रवाहको क्षेत्रमा र कुटनैतिक क्षेत्रमा राम्रो काम गर्दागर्दै सरकारबाट बाहिरिनु परेको बैठकमा ब्रिफिङ गरेका थिए ।

उनले बैठकमा भने- ‘हामीले सरकारमा रहेर भ्रष्टाचारको विरुद्धमा, सुशासनको पक्षमा, जनतालाई सेवा प्रवाह गर्ने पक्षमा, कुटनैतिक क्षेत्रमा हामीले निकै राम्रो पहलकमदी लिएका थियौं । त्यो पहल कदमी लिँदालिँदै समीकरण परिवर्तन गरियो ।' 

अध्यक्ष प्रचण्डको ब्रिफिङपछि पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव चक्रपाणि खनाल, हितराज पाण्डे, प्रवक्ता सापकोटा, उपमहासचिव वर्षमान पुन र राम कार्कीले आ–आफ्नो धारणा राखेको पनि प्रवक्ता सापकोटाले बताए । प्रवक्ता सापकोटाका अनुसार नेताहरुले अब माओवादी रुपान्तरण र सुद्धीकरणको बाटोमा जानु जरुरी रहेको धारणा राखेका थिए ।

नेताहरुले धारणा राख्ने क्रम जारी रहेकोले बैठक भोलीपनि जारी रहने सापकोटाले जानकारी दिएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस