RHPL 364 -5.2 ALICL 714.5 -1.2 NESDO 2229 -18 NICD83/84 1062 -19 NMFBS 1435 1 JOSHI 305 -6.8 DORDI 429 -3.3 LUK 9.21 -0.09 NIMB 241.9 -9.1 GUFL 735 5 LBLD86 1081 -0.2 CMF2 9.21 -0.1 SBID83 1098 8.7 IGI 600 -4 BPCL 449 -7 RADHI 397.9 7.9 RFPL 532 11.1 SADBL 419 -1 SLCF 9.21 -0.1 SHLB 1886.9 1.9 MAKAR 500 6 STC 5908 9 HBLD83 1056.3 0.3 NBF2 9.15 -0.05 GLH 244 -2 NIMBPO 176.9 -1.1 MLBL 398 -6.9 ENL 1102 -18 MATRI 1405 -8 MKJC 467.9 -1 KBLD89 1156 1 HDL 1423.1 49.1 MEHL 380.1 -19.9 HHL 439 -3.2 EBLD85 1105 5 HEI 648 -10 MND84/85 1030 2 PPL 461 -2.5 MBJC 321 -8 EBLD86 1040 -2
×
लुम्बिनी केबलकारकाे ‘मर्निङ अफर’, टिकट आधा सस्तो



काठमाडौं, साउन ११ । लुम्बिनी केबलकारले मर्निङ अफर’ ल्याएको छ । लुम्बिनी केबलकारले साउन १४ गतेदेखि भदौ मसान्तसम्म सोमबारका दिनहरुमा टिकटदर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको हो । गत वर्ष यो अफर सफल भएको थियो ।

पर्यटकहरुको माग अनुसार यो वर्ष पनि अफर ल्याएको कम्पनीले जनाएको छ । केबलकारको साधारण टिकट दर १ हजार रुपैयाँं छ । यो अफर अनुसार पर्यटक र भक्तजनहरुले केबलकारको दुईतर्फी यात्राका लागि ५ सय रुपैयाँ मात्र तिरे पुग्ने भएको छ । 

साउन १४ गतेदेखि भदौ मसान्तसम्मका ८ वटा सोमबारका दिन बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिदमा साधारण टिकटदरमा ५० प्रतिशत छुटसहित मर्निङ अफर कम्पनीले जनाएको छ ।

 ‘बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिद गर्दा मात्र छुट अफर लागु हुन्छ । तर, टिकट लिएकाहरू १२ बजेदेखि साँझसम्म आफू अनुकूल समयमा केबलकार चढ्न पाउँछन्नेछन सो बाहेक अन्य समयमा भने पुरानै टिकट दर कायम गरिएको छ । यो अफरले आम सर्वसाधारणलाई सस्तो शुल्कमा केबलकार यात्रा तथा प्रख्यात शक्ति पीठ कामाख्या मन्दिर र १ वर्षदेखि पुजाआजा हुँदै आएको दुर्गा माता मन्दिर दर्शन तथा साउनभर जलार्पण गर्ने अवसर मिल्ने कम्पनीले जनाएको छ ।

साउन महिनामा वसन्तपुरको टप स्टेसनमा महादेव शिवलाई जलार्पण गर्ने व्यवस्थासमेत रहेको कम्पनीले जनाएको छ । उक्त मर्निङ अफर भारतीय पर्यटकमा पनि लागु हुने र उनीहरूले ५ सय रुपैयाँ भारुमा टिकट खरिद गर्न सक्ने छन् । लुम्बिनी प्रदेशकै पहिलो यो केबलकार गत वर्ष जेठ १५ गतेबाट सञ्चालनमा रहेको छ । 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस