UPPER 214.2 -1.8 NABIL 594 3 SMHL 613.1 -4 CMF2 9.21 -0.1 SPC 520 5 KDBY 9.21 -0.23 LBBL 475 -4.8 API 289.5 2.5 BHDC 583 5.4 NICD83/84 1062 -19 SPIL 853 -18 NIMBPO 176.9 -1.1 MNBBL 395.8 -0.8 SJCL 326 -3.7 CYCL 1540 -7 FOWAD 1479 0 BOKD86 1040 18 EBL 605 5 MDB 630 -3.8 NGPL 472 -2.9 SBLD89 1200 16.1 KRBL 613 0 SLBBL 958.9 -4.2 NBLD87 1020 -8 AKPL 248.5 -2.5 GBILD86/87 1030 4 NBBD2085 1100 0 NICAD8283 1169.8 86.8 NLO 242.1 0 CZBIL 242 -10 BGWT 934.9 -21.1 MSHL 938 3 HLBSL 1010 -10 SPHL 666.9 16.9 EDBL 645 -1.9 BHPL 655.1 -12.7 KMCDB 1027.8 -11.1 NIBSF2 8.9 0.08 UNLB 2527 -3.9 MHCL 410 -7
×
राजनीतिक परिवर्तनलाई विकासको फड्कोमा पुर्याउन सकेमात्र परिवर्तन महसुस हुन्छ- नारायणकाजी श्रेष्ठ 



ललितपुर । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले ऐतिहासिक राजनीतिक परिवर्तनलाई आर्थिक विकास र समृद्धिको फड्कोमा पुर्‍याउन सक्दा मात्र जनताले वास्तविक परिवर्तनको अनुभूत गर्ने बताएका छन् ।

आफुले सरकारमा हुँदा त्यही प्राथमिकतामा काम गरेको र सुशासनका पक्षमा तथा भ्रष्टाचारका विरुद्धमा ठुल्ठुला अभियान सुरु गरेको बताए ।

शुक्रबार हात्तीवनस्थित ज्ञाननगर मार्गमा आयोजित 'भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजना सहयोग समिति'का निर्वाचित पदाधिकारीलाई सपथ गराउने र प्रमाणपत्र वितरण गर्ने समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताएका हुन् ।

तीन वर्षमा सम्पन्न भैसक्नुपर्ने भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजना १० वर्ष भैसक्दा पनि पुरा नभएको तर अब सहयोग समिति र उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालयले आवश्यक समन्वय गरेर कामलाई गति दिने विश्वास उनले व्यक्त गरे । यहीँ बसोबास गरिरहेकोले सहयोग समितिको पनि सहयोगी भूमिकामा आफू रहने प्रतिबद्धता उनले जनाए ।

जग्गा एकीकरण आयोजनामा सहभागी भएर पनि कयौंले अझै धनीपुर्जा नपाएको, खोलाको सीमाङ्कनको विवाद अदालत पुगेको, आयोजनामा पर्ने जग्गा अझै व्यक्तिसँगै रहेको जस्ता समस्या आपसी छलफल र मैत्रीपुर्ण सामाजिक समन्वयबाट समाधान गर्न सकिने उनले बताए । आयोजना भित्रको विकास, सुविधा र सुरक्षाका सबै पूर्वाधार छिटो सम्पन्न गर्न समेत उनले आग्रह गरे ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस