NMFBS 1435 1 VLBS 902.5 -7.5 SARBTM 765 -5 NHDL 570 0 KRBL 613 0 MHNL 265.5 -0.5 RHGCL 388 0 MLBS 1532.3 -86.7 PMLI 562 1 NADEP 1030 -55 PBD84 1065 1.7 RADHI 397.9 7.9 HIDCL 270.7 -4.1 NIBD84 1030 -20 NICA 452 -13 SMPDA 910 -1 SHIVM 599 -8 NLIC 814 -13.4 UPCL 262.2 -2.7 SMJC 574 -6 NGPL 472 -2.9 NICAD8283 1169.8 86.8 IHL 499 -1 MEL 292 2 DDBL 916.2 3.1 RMF1 9.15 -0.1 NIMB 241.9 -9.1 API 289.5 2.5 SAMAJ 3321.1 1.1 TSHL 909 -11 SHL 512 -4.5 NMB50 10.3 0.05 NICGF 10.56 -0.28 HDHPC 208.8 -4.1 CFCL 647 27.1 KKHC 260 -2 SAHAS 505 28 SKBBL 934 -3 LEC 276.8 -6 LBBL 475 -4.8
×
सिरहा यातायात कार्यालयबाट ५० करोडभन्दा बढी राजस्व सङ्कलन



मुकेश कुमार यादब/सिरहा ९ साउन। यातायात व्यवस्था कार्यालय लहान,सिरहाले गत आर्थिक वर्ष २०८०÷०८१ मा ५० करोड भन्दाबढी राजस्व सङ्कलन गरिएको छ।

सरकारले साउन देखि चैत सम्म सवारी साधान करमा लाग्ने जरिवाना छुट गरेपछि यातायात व्यवस्था कार्यालय लहान,सिरहाले एक आर्थिक वर्षमा ५० करोड ४२ लाख २४ हजार ७ सय ७८ रुपैया राजस्व सङ्कलन गरिएको हो। 

सवारी करबाट रु ३६ करोड ६४ लाख ९५ हजार ८९ रुपैया, सवारी चालक अनुमतिपत्र तथा नवीकरणबाट रु ११ करोड १८ लाख ६८ हजार विस रुपैया तथा पटके दस्तुर र रुट परमिटबाट रु ७९ लाख ७८ हजार २२५ रुपैया राजस्व सङ्कलन भएको कार्यालय प्रमुख कुशेश्वर साहले जानकारी दिए । 

गत आर्थिक वर्ष २०७९÷०८० मा ४५ करोड ३५ लाख ७४ हजार तिनसय ९४ रुपैया राजस्व उठाएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा यस आ.व.मा ५ करोड भन्दाबढी राजस्व सङ्कलन भएको कार्यालय प्रमुख साहले जनाएको छ।’

यस्तै आव २०८०÷०८१ मा ५ हजार २ सय एकवटा नयाँ सवारी साधन दर्ता भएको उनले बताए ।

कार्यालय प्रमुख साहका अनुसार यो आर्थिक वर्षमा ९ हजार २ सय जनालाई नयाँ चालक अनुमतिपत्र वितरण गरिएको छ। मधेस प्रदेश सरकारले पाँच वर्षभन्दा बढी समयदेखि नवीकरण नगराएका सवारीसाधनलाई  नवीकरणमा लाग्ने जरिवाना छुट दिएपछि नयाँ सवारीसाधनको दर्ता बढेको कार्यालय प्रमुख साहको भनाई छ। उनले थपे, ‘कर्मचारीले इमान्दारितापूर्वक कार्यालय समयमा बसेर काम गर्नाले राजस्व सङ्कलन उल्लेखनीय बढेको हो।’ं

सङ्कलन गरिएको राजस्वबाट संघ सरकारलाई १ करोड ७३ लाख ६९ हजार ४ सय चौरान्नवे रुपैया र प्रदेस सरकारको खातामा ४८ करोड ६८ लाख ५५ हजार दुई सय ७८ रुपैया गरी जम्मा ५० करोड ४२ लाख रकम खातामा जम्मा गरेको कार्यालयका लेृखा अधिकृत जय प्रकाश महतोले जनाएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस