GRDBL 743 5 FOWAD 1479 0 MANDU 885 -14 ULHC 390 -7.9 UNHPL 266 0 MSLB 1564 -70 SPIL 853 -18 VLBS 902.5 -7.5 NICGF 10.56 -0.28 MFLD85 1050 -20 MLBS 1532.3 -86.7 HURJA 220 -4.6 MMKJL 543.6 9.6 SPL 813 -12.1 SANIMA 326 -10.2 BPCL 449 -7 ULBSL 3199 37 GBBL 447 -6 JBLB 1534 -3 SINDU 667 -6 CGH 909 -5 GMFIL 623 1 MEHL 380.1 -19.9 TRH 1118 -5 SMATA 875 -16 HLBSL 1010 -10 MLBL 398 -6.9 SRLI 443.1 -4.9 KBLD89 1156 1 SFMF 10.2 -0.2 EBL 605 5 NIBD2082 1099 0 NBL 292.2 1.2 AKPL 248.5 -2.5 RBCLPO 12300 88 PCBL 292 -2 HIDCLP 183 -2 NICGF2 8.78 -0.02 BARUN 379 -6.1 SAGF 9.31 0.01
×
प्रहरी ऐनको संशोधन प्रस्ताव एक महिनाभित्र संसद्‌मा लैजान्छु- गृहमन्त्री लेखक



काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी ऐन, २०१२ सम्बन्धी संशोधन प्रस्ताव एक महिनाभित्र संसद्‌मा लैजाने बताएका छन् ।

बुधबार प्रहरी प्रधान कार्यालय पुगेका गृहमन्त्री लेखकले प्रहरीसम्बन्धी कानुनको संशोधन प्राथमिकतामा रहेको बताए ।

प्रहरी संगठनलाई थप व्यवस्थित र क्रियाशील बनाउन प्रहरी ऐनमा संशोधन आवश्यक रहेको बताउदै उनले भने- 'केही कानुन नयाँ बनाउनुपर्नेछ, केही कानुनमा संशोधन र परिमार्जन गर्नुपर्ने छ । २०१२ सालमा बनेको प्रहरी ऐनले अहिलेसम्म काम चलाइराखेका छौँ । बीचमा धेरै संशोधन भएर धेरै विषय सम्बोधन भएका छन्, अझै पनि धेरै विषयलाई स्पष्ट गर्नुपर्नेछ ।'

गृहमन्त्री लेखकले सबै कानुन समसामयिक रूपमा परिमार्जन, संशोधन र पुनरवलोकन गर्न आवश्यक रहेको औँल्याउदै भने- 'प्रहरी समायोजन ऐन, २०७६ छ । संघ र प्रदेशको प्रहरीबीच समायोजन गर्ने उद्देश्य लिएर २०७६ मा ऐन बनायौँ । त्यो ऐनानुसार प्रहरी समायोजन हुन सकेको छैन, त्यसमा पनि केही परिमार्जनको आवश्यकता छ भन्ने विज्ञ साथीहरूको कुरा उठेको छ । नेपाली प्रहरी र प्रदेश प्रहरीको कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वयको विषयमा पनि केही पुनरवलोकनको आवश्यकता देखिन्छ ।'

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस