CBBL 980 1 SMHL 613.1 -4 KBLD86 1115 0 SPDL 310 5 SHPC 525 -3.9 SHEL 242.9 -4.7 SCB 691.1 3.6 TRH 1118 -5 CFCL 647 27.1 MFLD85 1050 -20 DLBS 1374 30 JOSHI 305 -6.8 HBL 260 -13 SAMAJ 3321.1 1.1 SMFBS 1505.2 6.2 SHLB 1886.9 1.9 ENL 1102 -18 SGHC 393.6 0.1 ICFC 823.9 74.9 NWCL 975 -13.9 GLBSL 1600.4 -29.6 PFL 652 -1 KSBBL 448 -3 SHINE 473 -1.8 MPFL 751 5 TSHL 909 -11 SHL 512 -4.5 GBILD86/87 1030 4 GLH 244 -2 KSY 9.22 -0.19 SWBBL 1065 2.1 BPCL 449 -7 PBLD87 1028 -2 BGWT 934.9 -21.1 PCBL 292 -2 TPC 465 6 GVL 538.5 -22 NIBD2082 1099 0 PBD88 1102.1 2.1 HBLD83 1056.3 0.3
×
लोक-संस्कृतिको सामाजिक सद्भावलाई सुदृढ तुल्याउन योगदान छ- राष्ट्रपति पौडेल



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोक–संस्कृति र साहित्यिक जगतले हाम्रो राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ तुल्याउन योगदान दिएको बताएका छन् ।

धर्मराज – सावित्री थापा प्रतिष्ठानद्वारा मङगलबार राष्ट्रपति भवन शितल निवासमा आयोजित जनकविकेशरी धर्मराज थापाको १०० औँ जन्मजयन्ती तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले नेपालको गरिमा अभिवृद्धिमा स्रष्टा र साहित्यकारहरूको योगदान महत्वपूर्ण रहेको विचार व्यक्त गरे ।

'लोक कलाकार तथा लोक–संस्कृतिकर्मी राष्ट्रका गहना हुन्, लोक–साहित्यकार, संस्कृतिविद् र कलाकारको चेतना राष्ट्रको चेतना हो, सिर्जनाको उपलब्धि राजनीतिक चेतनाभन्दा माथि उठ्छ', उनले भने ।

नेपाल विभिन्न जातजाति, भाषाभाषी, संस्कृति तथा भौगोलिक विविधतायुक्त देश हो भन्दै राष्ट्रपति पौडेलले विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यवद्धता, सहिष्णुता र सद्भाव हाम्रो विशेषता रहेको बताए ।

'हाम्रो भाषा, संस्कृति, साहित्य, इतिहास र परम्परा हाम्रा अमूल्य निधि हुन्, यसैको विकास, संरक्षण र प्रवद्र्धनसँगै नेपालको राष्ट्रिय एकतालाई अझै सुदृढ र जीवन्त बनाएर नेपालीपनको मौलिक परिचय दिनु आजको आवश्यकता हो भन्ने मलाई लाग्दछ', राष्ट्रपति पौडेलले भने ।

नेपाली लोकजीवन, मनोभावना र नेपाली माटोको मर्मलाई गीत, संगीत र साहित्यका माध्यमबाट नेपाली वाङमयको श्रीवृद्धिमा जनकविकेशरी धर्मराज थापाको विशिष्ट योगदान रहेको बताउँदै राष्ट्रपति पौडेलले नेपाली लोकसाहित्यको अध्ययन, अन्वेषण, संरक्षण र प्रवद्र्धनमा उहाँको योगदान नेपाल र नेपालीले कहिल्यै नविर्सने बताए। यस्ता कार्यक्रमले आफ्नो साधनामा समर्पित प्रतिभालाई समाज र राष्ट्रको विकासमा अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास उनले व्यक्त गरे ।

सो अवसरमा राष्ट्रपति पौडेलले ५० हजार राशिको धर्मराज सावित्री थापा लोकसंस्कृति साहित्य पुरस्कार २०८० साहित्यकार वैरागी काइला र धर्मराज सावित्री थापा लोकगीत संगीत पुरस्कार एल पी जोशीलाई प्रदान गरे ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस