×
अर्थमन्त्री बने विष्णु पौडेल



काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल तेस्रो पटक अर्थमन्त्री बनेका छन् । पौडेलले आज उपप्रधान तथा अर्थमन्त्रीको शपथ लिएका छन् ।

यस अघि ओली पहिलो पटक प्रधानमन्त्री बन्दा अर्थमन्त्री बनेका पौडेलले राम्रो अर्थमन्त्रीको छबि बनाएका छन् ।

उनी यस अघि २०७२ सालमा अर्थमन्त्री बनेका थिए भने त्यसपछि २०७७ मा पुन: अर्थमन्त्री बनेका थिए ।

पौडेल २०५३ सालमा नै पहिलो पटक मन्त्री बनेका थिए । उनी पहिलो पटक २०५३ सालमा लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री बनेका थिए ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस