PPCL 262 -5.2 NWCL 975 -13.9 HIDCLP 183 -2 MCHL 488.3 -3.7 MEN 631.1 -3.9 MSLB 1564 -70 UNL 48870 -930 SRLI 443.1 -4.9 SLBBL 958.9 -4.2 MBLD2085 1085 6.5 SBCF 9 -0.2 NADEP 1030 -55 MFLD85 1050 -20 C30MF 9.74 0 SIGS3 9.45 0.09 EBLD85 1105 5 BPCL 449 -7 RMF1 9.15 -0.1 EDBL 645 -1.9 MKHL 493 -6 SMH 1064.8 5.9 AKJCL 209 -3 SIGS2 10.05 0 DHPL 242 1 AHL 651 2 SMATA 875 -16 LBBLD89 1208.5 23.5 NIFRA 280 -5 BNHC 466.9 0.7 GRDBL 743 5 SHEL 242.9 -4.7 GHL 218.5 -1.1 PMHPL 260 -4 CITY 805 -17 KBLD89 1156 1 NSIF2 10.52 0.02 KDL 1059 16 NMFBS 1435 1 CMF2 9.21 -0.1 RHPL 364 -5.2
×
समाजवादी मोर्चालाई सक्रिय बनाउन छलफल



काठमाडौँ । समाजवादी मोर्चाको पुनर्गठन हुने भएको छ  । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपासहितका दलका शिर्ष नेताहरुको बैठकले समाजवादी मोर्चालाई पुनर्गठन गर्ने बारेमा छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।

आज पुनर्गठनको लागि प्रारम्भिक छलफल भएको र नेताहरुले थप गृहकार्य गरेर अर्को बैठक बस्दा पुनर्गठन हुने उनले बताए  ।

सत्ताबाट बाहिरिने निश्चित भएर प्रतिपक्षमा बस्नुपर्ने भएपछि प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चालाई सक्रिय बनाउन लागेका हुन् । यस अघि जसपा बिभाजन भएदेखि नै समाजवादी मोर्चा निष्क्रिय प्राय: रहेको थियो ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, र सम्मानित नेता झलनाथ खनाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव सहभागी थिए । 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस