NFS 1350 -43 SHPC 525 -3.9 SEF 9.51 -0.24 SLBSL 1398.4 21.4 ULHC 390 -7.9 ALICL 714.5 -1.2 MLBSL 2000 -26 HBLD83 1056.3 0.3 BFC 625 9.1 RHGCL 388 0 BBC 4255 50 NLO 242.1 0 MDB 630 -3.8 SFCL 704.1 63.6 BARUN 379 -6.1 SBLD84 1040 19.3 UPCL 262.2 -2.7 PCBL 292 -2 CITY 805 -17 RSDC 735 0 KSY 9.22 -0.19 MKJC 467.9 -1 HLI 472 -4 PRVU 248 -10 HDHPC 208.8 -4.1 CCBD88 1123.1 6.1 JFL 655 6 MANDU 885 -14 RAWA 889 29 NIMB 241.9 -9.1 GIBF1 9.69 0.1 JSLBB 1513.9 38.9 MBLD2085 1085 6.5 USHEC 523 -7 LLBS 1050 5 LUK 9.21 -0.09 NMB50 10.3 0.05 RBCLPO 12300 88 HPPL 316.3 -3.6 MLBL 398 -6.9
×
महिन्द्र राय यादव भन्छन्- नयाँ सरकार धारा ७६ को उपधारा ३ अनुसार नै बन्छ



काठमाडौं । सांसद महिन्द्र राय यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत नपाएमा संविधानको धारा ७६ (३) बमोजिम सरकार गठन हुने दाबी गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद यादवले प्रतिपक्षका सांसदहरुलाई असार २८ गतेसम्म पर्खिन आग्रह गर्दै नयाँ सरकार धारा ७६ को उपधारा ३ अनुसार नै बन्ने दाबि गरेका हुन् ।

उनले भने- ‘संसद्मा विश्वासको मत लिनु स्वभाविक रुपमा वैधानिक प्रक्रिया हो । विश्वासको मत पाउनुभएन भने स्वतः उपधारा ३ अनुसार अर्को सरकार बन्छ । त्यसकारण मैले प्रतिपक्षका साथीहरुलाई आग्रह गर्न चाहन्छु–२८ गतेसम्म धैर्यता राखिदिनका लागि ।'

साथै सांसद यादवले दुई ठुला दल मिलेर संविधान संशोधनको कुरा उठाएको बताउदै संविधान संशोधन गरेर दुई दलीय व्यवस्थामा लान खोजे मान्य नहुने बताए । उनले संबिधानमा रहेको थ्रेस होल्ड हटाउन खोजिएको आशंका गर्दै संघीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशी व्यवस्थामा दायाँबायाँ नगर्न चेतावनी दिएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस