TVCL 461 1 KBLD86 1115 0 PBD85 1079.9 19.9 NABBC 631 -12 CBBL 980 1 MHL 725 3.5 RMF2 9.21 -0.13 MATRI 1405 -8 NIFRA 280 -5 SANIMA 326 -10.2 CIZBD86 1060 -10 SPHL 666.9 16.9 NBL 292.2 1.2 GHL 218.5 -1.1 NUBL 730 2.8 MFLD85 1050 -20 MLBBL 1635 15 PBD88 1102.1 2.1 KDL 1059 16 SEF 9.51 -0.24 NICAD8283 1169.8 86.8 NMLBBL 769 -11 SFCL 704.1 63.6 HIDCLP 183 -2 NMB50 10.3 0.05 JOSHI 305 -6.8 BHPL 655.1 -12.7 DORDI 429 -3.3 SWMF 812 -13 MMF1 8.98 0.1 GCIL 498 -5.8 MEL 292 2 LSL 253.5 -5.5 SFMF 10.2 -0.2 SCBD 1111 6 SMB 1809 4 SBLD84 1040 19.3 KBLD89 1156 1 CKHL 632 -8 BNHC 466.9 0.7
×
‘कलर अफ टी’लाई नोप्स युरोपबाट सहयोग



काठमाडौं । नेपाल उत्पीडित जातीय समाज (नोप्स) युरोपले छुवाछूत न्यूनीकरणमा टेवा पुगोस् भन्ने उद्देश्यले छोटो चलचित्र ‘कलर अफ टी’लाई आर्थिक सहयोग गरेको छ।

लेखक पत्रकार राज सरगमको लेखन तथा निर्देशनमा तयार हुन लागेको जातीय छुवाछूतविरुद्ध जनचेतनामूलक छोटो चलचित्र कलर अफ टी (चाइ के रङ) निर्माणका लागि नोप्सले एक लाख सहयोग गरेको हो।

‘पहाडी भेगभन्दा पनि विभेद तराईमा हुँदै आएको छ। जातकै कारण धेरै दलित युवा पलायन हुनु परेको छ भने कतिपयले ज्यान पनि गुमाउनु परेको छ। यस्तो अवस्थामा जनचेतनामूलक भिडियोले समाजमा सकारात्मक प्रभाव पार्ने भएकोले कलर अफ टीलाई नोप्सले सहयोग गरेको हो,’ नोप्सका अध्यक्ष अर्जुन सुनारले भने।

सन् २०१० देखि यस संस्थाले आधिकारिक रूपमा दलितका सवालमा वकालत गर्दै आएको छ। नोप्स युरोप युरोपवासी प्रवासी दलितको शसक्त संस्था हो, जसले दलित समुदायको हितमा काम गर्दै आएको छ।

नेपालमा हुने जातीय विभेद वा मानव अधिकार विरुद्धका घटनाको संवैधानिक प्रतिवाद गर्ने वा त्यस विरुद्ध हने संघर्षमा संस्थागत सहभागिता तथा सामाजिक सुधार, सचेतना अभियानको नेतृत्व पनि गर्दै आइरहेको छ।

कपिल भण्डारीको मुख्य व्यवस्थापन तथा परीक्षित मिडिया क्रियशनको निर्माणमा तयार हुन लागेको शर्ट फिल्मलाई नेपालमा रहेका विभिन्न संघसस्थाको पनि सहयोग रहेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस